ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री भएपछि पहिलोपटक सुदूरपश्चिम आउँदै लेखक, यस्तो छ तीन दिने कार्यक्रम


एबीसी न्यूज

काठमाडौं १७ भदौ । गृहमन्त्री रमेश लेखक सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर आउँदैछन्। नेपाली कांग्रेसका नेता समेत रहेका लेखक गृहमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेशको भ्रमणमा आउन लागेका हुन।

मंगलबार बिहान कैलालीको धनगढी ओर्लिने गृहमन्त्री लेखक तीन दिनसम्म यहाँका विभिन्न उद्घाटन कार्यक्रम, नेपाली कांग्रेसका कार्यकर्तासंग भेटघाट तथा बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

मंगलबार ९भाद्र १८ गते० बिहान ११ बजे कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने गृहमन्त्री लेखक त्यसपछि दिउँसो १ बजे बेलौरी र साढे २ बजे बेलडाँडीमा कार्यकर्तासंग भेटघाट गर्नेछन्।

गृहमन्त्री लेखक सोही दिन सदरमुकाम महेन्द्रनगर पुग्ने कार्यतालिकाअनुसार अपरान्ह ४ बजे कञ्चनपुर जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन एंवम् जिल्ला सुरक्षा समितिसंग छलफल गर्ने कार्यक्रम छ।

बुधबार गृहमन्त्री लेखकले संघीय प्रहरी कार्यालय महेन्द्रनगरको भवन उद्घाटन गर्नेछन्। त्यसपछि नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा कार्यकर्तासंग भेटघाट तथा अन्तक्रिया गर्नेछन्।

त्यसपछि दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि दोधारा चाँदनी नगरपालिका–३, ८ र १० को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि गृहमन्त्री लेखक कांग्रेस दोधारा चाँदनीको भवन उद्घाटन र कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम छ।

दोधारा चाँदनीबाट फर्किएपछि बुधबार नै मन्त्री लेखकले भीमदत्त नगरपालिकाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नेछन्। बिहिबार बिहान महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुने गृहमन्त्री लेखक त्यसपछि शुक्लाफाँटाको झलारीमा कांग्रेस कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम छ।

बिहान १० बजे झलारीबाट कैलालीको धनगढी प्रस्थान गर्ने कार्यक्रमअनुसार त्यसपछि कैलाली जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन तथा जिल्ला सुरक्षा समितिसंग छलफल गर्नेछन्।

कैलालीको धनगढीमा प्रहरी गण भवन तथा पेट्रोल पम्प उद्घाटन र कांग्रेस कैलालीको पार्टी कार्यालयमा कार्यकर्तासंग भेटघाट तथा अन्तक्रियापछि गृहमन्त्री लेखक बिहीबार बेलुका काठमाडौँ फर्किने कार्यक्रम तय छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com