ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुकाएर लुक्ने कुरा छैन, अहिलेको गठबन्धन बनाउन क्याप्टेन थापाको ठूलो योगदान छ : देउवा


abc tv
भाद्र १५, २०८१ शनिबार  ६ : १२ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन बनाउन व्यवसायी क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन्।

शनिबार क्याप्टेन थापाको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा देउवाले उक्त विषय लुकाएर नलुक्ने पनि जिकिर गरे।

गत असार १७ गते राति भएको सहमतितर्फ इंगित गर्दै देउवाले भने, ‘लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो योगदान छ।’

संविधान संशोधन गर्नेसहितको ७ बुँदे सहमतिमा सो दिन क्याप्टेन थापाकै घरको एउटा कोठामा हस्ताक्षर भएको थियो।

उक्त विषय लुकाएर लुक्ने विषय नभएको देउवाको भनाइ छ।

त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई विश्वास छ, उहाँले थाल्नुभएको यो कामलाई भोलिका दिनमा पनि अझै अगाडि लानुहुनेछ। म लामो समय लिन चाहन्नँ। प्रधानमन्त्रीजीले बोल्नै बाँकी छ,’ देउवाले भने।

करिब ५ मिनेटमात्रै पोडियममा सम्बोधन गरेका देउवाले अधिकांश समय क्याप्टेन थापाकै प्रशंसामा समय बिताए।

उनले आफू पटक पटक क्याप्टेन थापाको हेलिकप्टर सवार गरेको, पार्टी र आफूलाई सहयोग गरेको, राजनीतिमा ठूलो योगदान रहेको प्रसंग झिके।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले क्याप्टेन थापाको विषयमा जति भनेपनि नपुग्ने समेत सम्बोधनको क्रममा बताए।

‘उहाँले धेरै कुराहरूमा आफ्नो यात्रालाई सफल पानुभएको छ। उहाँले धेरै ठूलो यागदान पनि दिनुभएको छ। उहाँको विषयमा जति भनेपनि पुग्दैन,’ उनले भने।

यस्तो छ देउवाले क्याप्टेन थापाको प्रसंशामा गरेको भाषणः
रामेश्वर थापाजीलाई म धेरै पहिलादेखि चिन्दै आएको हुँ। उहाँको हेलिकप्टरमा म धेरै पटक घुमेको पनि छु। पार्टीको कार्यक्रममा पनि गएको छु। अरु कार्यक्रममा पनि गएको छु। उहाँ केपी शर्मा ओलीको पनि पार्टी लगायत सबैलाई सहयोग गर्ने व्यक्ति हो। त्यसैगरी मैले लिएको छु।

क्याप्टेन रामेश्वर थापाले हामीलाई धेरै मद्दत गर्नुभएको छ। उहाँ यस्तौ व्यक्ति हो, उहाँ सबैलाई सहयोग गर्ने व्यक्ति हो। साथसाथै, उहााँलाई हामीले हेर्यौँ पनि। उहाँले धेरै कुराहरूमा आफ्नो यात्रालाई सफल पानुभएको छ। उहाँले धेरै ठूलो यागदान पनि दिनुभएको छ। उहाँको विषयमा जति भनेपनि पुग्दैन।

अर्को कुरा, लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो यागदान छ। त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई विश्वास छ, उहाँले थाल्नुभएको यो कामलाई भोलिका दिनमा पनि अझै अगाडि लानुहुनेछ। म लामो समय लिन चाहन्नँ। प्रधानमन्त्रीजीले बोल्नै बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com