ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा मुनाको हत्या : लुटपाटका क्रममा


एबीसी न्यूज

काठमाडौ १४ भदौ । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या लुटपाटका क्रममा गरिएको खुलेको छ।

पाण्डेको हत्या आरोपमा ह्युस्टन प्रहरीले ५१ वर्षीय बब्बीसिंह शाहलाई पक्राउ गरिसकेको छ।

उनले लुटपाटका क्रममा गोली हानी मुनाको हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ।

न्युयोर्कबाट सञ्चालित नेपयोर्क अनलाइनका अनुसार अभियुक्त बब्बीविरुद्ध २६२औँ स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ।

जघन्य हत्याको अभियोग टेक्ससमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ। यस अभियोगमा उनलाई अब सेप्टेम्बर ३ मा अदालतमा पेस गरिने भएको छ।

त्यस्तै बब्बीविरुद्ध गैरकानुनी रूपमा हतियार बोकेको अभियोग पनि छ। उक्त अभियोगमा उनलाई सेप्टेम्बर ५ मा अदालत पेस गरिनेछ।

शाहलाई बुधबार

अगस्ट २८० राति ८ बजे उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा प्रहरीले पक्राउ गरेको हो। शाहलाई अहिले ह्यारिस काउन्टी जेलमा राखिएको छ।

मुना पाण्डे गत सोमबार ९अगस्ट २६० साँझ गोली लागेको अवस्थामा आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्।

ह्युस्टन प्रहरीका अनुसार मुनालाई धेरैवटा गोली हानेको पाइएको छ। उनको घटनास्थलमै मृत्यस भएको थियो।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन्। सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन्।

परिवारकी एक मात्र सन्तान मुना मारिएपछि नेपालमा रहेकी उनकी आमा अनिता पाण्डे अधिकारी विक्षिप्त भएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com