ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एआईजी ज्ञवालीसहितको रिट सशस्त्रमा ३० वर्षे नहटाउने न्यायाधीशकै इजलासमा


एबीसी न्यूज

काठमाडौं १३ भदौ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीसहित ५ जनाको रिट न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको छ।

अवकाश हुन लागेका एआईजी ज्ञवालीसहितले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि सशस्त्र प्रहरीका डीआईजीसहित १२ जनाले ३० वर्षे हटाउन माग गर्दै दायर गरेको रिट पनि न्यायाधीश सुवेदीकै इजलासमा पेसी तोकिएको थियो।

न्यायाधीश सुवेदीले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश मात्रै जारी गरिदिएकी थिइन्।

त्यससँगै ३० वर्षे सेवा अवधिका कारण सशस्त्र प्हरीका १६ जना अधिकारीहरू अवकाश हुने भएका छन्।

उमेर हदका कारण हुने अवकास रोक्न माग गरिएको रिट पनि न्यायाधीश सुवेदीको एकल इजलासमै पेसी तोकिएको हो।

उमेर हदका कारण अवकाश हुन लागेका एआईजी ज्ञवालीसहित ५ जना सर्वोच्चमा
ज्ञवाली भदौ २६ गतेबाट अनिवार्य अवकाश हुन लागेका छन्। यस्तै डीआईजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन्।

एआईजीको ५६ वर्षे उमेर हदका कारण एआईजी अवकाश भएपछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरले पनि असोज १४ गते अवकाश हुनेछन्।

डीआईजी राजेशनाथ वास्तोला कात्तिक ११ गते र केदार ढकाल मंसिर २२ गते अवकाश हुनेछन्।

उता ३० वर्षे तत्काल कार्यन्वयन नगर्न भएको अन्तरिम आदेशविरुद्ध सरकारको भ्याकेट पनि आजै सुनुवाइ हुँदैछ।

उक्त निवेदन न्यायाधीश नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यो इजलासले यसअघिको अन्तरिम आदेश खारेज गरे प्रहरीका ८९ अधिकारीहरू पनि भदौ १६ गते एकसाथ अवकासमा जानेछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com