ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको गगन र विश्वसँग दुई घण्टा लामो छलफल, प्रतिवेदनमाथि सहमति जुटेन


एबीसी न्यूज

काठमाडौं १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडान कायम राखेका छन्।

२०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए।

प्रतिवेदनमा चुनावअघि कुनै दलसँग पनि गठबन्धन नगर्ने र नेताहरूको अवकाश हुने व्यवस्था गर्नुपर्ने बताएका थिए।

उक्त प्रतिवेदनमाथि गत साउन २३ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा थापा र शर्माको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ।

केन्द्रीय कार्यसमिति बैठक आगामी भदौ १६ गते बस्दैछ। त्यसअघि देउवाले महामन्त्रीद्वयसँग छलफल गरिरहेका छन्।

गत मंगलबार पनि महामन्त्रीद्वयसहित पार्टीका दुई उपसभापतिसँग सभापति देउवाले वार्ता गरेका थिए। यद्यपि, उनीहरू आ–आफ्नो अडान छाड्न तयार भएका थिएनन्।

त्यसपछि आज बिहीबार० पनि सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका थिए। देउवा निवास बूढानीलकण्ठमा भएको छलफल आज पनि निष्कर्षविहीन टुंगिएको छ।

आजको छलफलले पनि प्रतिवेदनको सन्दर्भमा कुनै निष्कर्ष निकालेको स्रोतले बताएको छ।

‘महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्छ भन्ने सभापति कुरा छ,’ स्रोतले भन्यो, ‘सरसल्लाह भइनै रहेको छ।’

सभापति देउवाले महामन्त्रीद्वयसँग बिहीबार बिहान २ घण्टा लामो छलफल गरेका थिए। बिहान ९ बजेदेखि ११ बजेसम्म भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन्।

सभापति देउवा दुवै महामन्त्रीले गरेका यी प्रस्ताव राख्न नहुने पक्षमा छन्। त्यसलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ।

तर, त्यसमा राखिएका कुरा संशोधन वा परिमार्जन गर्न थापा र शर्मा तयार छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com