ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र फिलिपिन्स फेरि आमनेसामने


एबीसी न्यूज
भाद्र १३, २०८१ बिहीबार  ११ : ५० बजे

काठमाडौं १३ भदौ । दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन्।

दक्षिण चीन सागरमा रहेका विभिन्न टापुमा दुवै देशले आआफ्ना दाबी गरिरहेका छन्।

यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भइसकेका छन्।

तर गत हप्ता सबिना शोलनजिक चीन र फिलिपिन्सका जहाज आपसमा ठोकिएपछि भने अवस्था अझ बिग्रिएको छ।

यस विषयमा फिलिपिन्स र चीनले एकअर्काविरुद्ध जहाज ठोकाएको आरोप लगाएका छन्।

यो शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले एस्कोडा शोल भनेर दाबी गरिरहेका छन्। यो फिलिपिन्सको पश्चिमी तटबाट करिब ७५ समुद्री माइल ९लगभग १३८ किलोमिटर० र चीनबाट करिब ६३० समुद्री माइल ९करिब ११६६ किलोमिटर० दूरीमा अवस्थित छ।

के भयो सबिना शोलमा
अगस्ट १९ मा सबिना शोलनजिक चीन र फिलिपिन्सका जहाज आपसमा ठोक्किएका थिए। यो क्षेत्र तेल र ग्यासको लागि परिचित छ। दुवै देशले धेरै वर्षदेखि यो क्षेत्रमा आफ्नो दाबी गरिरहेका छन्।

चीनको तटरक्षकले फिलिपिन्सको जहाज जानाजानी ठोकाएको आरोप लगाएको छ भने फिलिपिन्सले चिनियाँ जहाजले आक्रामक युद्धाभ्यास गरिरहेको जिकिर गरिरहेको छ।

दुई देशबीच आइतबार फेरि झगडा परेको छ। यस विषयमा फिलिपिन्स र चीनले एकअर्कालाई आरोप लगाइरहेका छन्।

युरोपेली संघ, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतले चीनको आलोचना गरेका छन्।

फिलिपिन्सले सोमबार भनेको छ– ४० चिनियाँ जहाजले आफ्ना २ जहाजलाई टेरेसा म्याग्बुआना जहाजमा खाद्यान्न आपूर्ति गर्नबाट रोके।

फिलिपिन्सले अप्रिलमा सबिनामा लामो समयसम्म राख्न टेरेसा म्यागबुआना जहाज पठाइएको बताएको छ।

उता चीनले भने टेरेसा म्यागबुआना जहाज फिलिपिन्स सबिना कब्जा गर्न चाहन्छ भन्ने प्रमाण भएको बताएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले हालै दोस्रो विश्वयुद्धको जीर्ण जहाज दोस्रो थोमस शोलमा खडा गर्ने संकेत गरेको थियो।

धेरै सैनिकहरू अझै पनि यहाँ तैनाथ छन् र त्यहाँ रासनको आवश्यकता छ तर चीनले फिलिपिन्सलाई त्यसो गर्न अनुमति दिइरहेको छैन।

सिन्ह्वाले भनेको छ– २५ वर्षपछि पनि यो उस्तै छ। फिलिपिन्सले फेरि त्यसै गर्न खोजिरहेको छ, तर यसपटक चीनले धोका खाने छैन।

दोस्रो विश्वयुद्धको समयको जहाज।
दोस्रो विश्वयुद्धको समयको जहाज।
चीन र फिलिपिन्सबीच फेरि बढ्यो तनाव

पछिल्ला महिनामा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भएका छन्। किनभने दुवै देशले दोस्रो थोमस शोल र स्कारबोरो शोलमा आआफ्नै दाबी गरिरहेका छन्।

फिलिपिन्सले चीनले पानी तोप र लेजर प्रयोग गरेको आरोप लगाएको छ। साथै चीन पक्षले आफ्नो जहाजमा चढेर सामान जफत गरेकाले झडप पनि भइरहेको उसको भनाइ छ।

फिलिपिन्सले हालै आरोप लगाएको छ( चिनियाँ तटरक्षक चक्कु र तरबार लिएर हाम्रो सैन्य जहाजमा चढे र हाम्रा सैनिकलाई धम्की दिए।

फिलिपिन्सका रक्षा प्रमुखले मंगलबार अन्तर्राष्ट्रिय समुदायलाई चीनविरुद्ध उभिन आह्वान गर्दै आफू अझ शक्तिशाली प्रतिद्वन्द्वीसँग लडिरहेको भनेका छन्।

फिलिपिन्सले कसैको मृत्यु नभए पनि आफ्ना धेरै सैनिक घाइते भएको बताएको छ।

यस्तै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले चीनका कारण कुनै सैनिकको मृत्यु भएमा यसलाई ‘एक्टस् अफ वार’ ९युद्धका कार्य० का रूपमा हेरिने चेतावनी दिएका छन्।

अर्कातर्फ चीन र फिलिपिन्सबीचको विवादले दक्षिण चीन सागरमा ठूलो द्वन्द्व निम्त्याउन सक्ने भन्दै पर्यवेक्षकहरूले चिन्ता प्रकट गरेका छन्।

संयुक्त राष्ट्र संघले कथित नाइन ड्यास लाइन ९दक्षिण चीन सागरमा चीनले दाबी गर्ने रेखा० मा चीनको कुनै वैधता नभएको बताएको थियो। तर चीनले यो निर्णय स्वीकार गरेको छैन। हालैका हप्तामा दुवै देशले द्वन्द्व कम गर्ने प्रयास गरेको राष्ट्र संघले बताएको छ।

गत हप्ता चीन दोस्रो थोमस शोलमा फिलिपिन्सका चौकीमा खाद्यान्न र अन्य आपूर्ति गर्न सहमत भएको छ। तर सबिना शोलमा भएको टकरावले भविष्यमा यस्ता प्रयास सफल होलान् भन्ने प्रश्न खडा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com