ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु मैदानमा नेपाल फेरि एकपटक स्तब्ध, बंगलादेश पहिलो पटक च्याम्पियन


एबीसी न्यूज
भाद्र १२, २०८१ बुधबार   ४ : ४८   बजे

काठमाडौं १२ भदौ ।  नेपाली युवा टोली घरेलु मैदानमा फेरि एकपटक स्तब्ध भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ४–१ को गोल अन्तरले पराजित हुँदै नेपाल उपाधि नजिक पुगेर पनि टाढिएको हो।

साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता बंगलादेशले भने नेपाललाई हराउँदै पहिलो पटक उपाधि उचालेको हो।

सन् २०१७ मा नेपालसँग हेड टू हेडमा पछि पर्दै बंगलादेश उपविजेता बनेको थियो। यस्तै, सन् २०१९ र २०२२ को फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो।

सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको नेपाली युवा टोलीले बंगाली युवा टोलीसँग स्तब्ध भयो।

एकै समूह चरणमा रहेको नेपालले बंगलादेशलाई २–१ ले हराउँदै समूह विजेता बनेर सेमिफाइनल खेलेको थियो। तर फाइनलमा भने नेपाल बंगाली टोलीसँग पराजित भयो। फाइनलमा नेपाललाई घरेलु मैदानमा पराजित गर्दै बंगाली टोलीले समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ।

यसअघि उमेर समूहको प्रतियोगितामा सेमिफाइनलबाटै बाहिरिएको नेपाल तेस्रो पटक फाइनलमा पुगेको थियो।

दक्षिण एसियाली फुटबलको उमेर समूहमा नेपालले सन् २०१५ मा नेपालमै भएको पहिलो र सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको उपाधि जितेको थियो।

सन् २०१७ मा राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपाल र बंगलादेशको समान ९ अंक भएपनि हेड टू हेडको आधारमा नेपाल च्याम्पियन बनेको थियो।

तर यो पटक घरेलु मैदानमा भएको खेलमा नेपाल पराजित हुँदै फेरि एकपटक उपाधिबाट टाढियो।

खेलको पहिलो हाफमा नेपालले खेलमा पकड जमाएपनि दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन सकेन।

बंगलादेशले भने पाएको मौकालाई सदुपयोग गर्दै नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै पहिलो पटक उपाधि उचाल्यो।

खेलको इन्ज्युरी समयमा बंगलादेशले अग्रता बढायो। त्यसअघि खेलको ८१ औँ मिनेटमा समिर तामाङको गोलमा खेललाई ३–१ को अवस्थामा ल्याएपनि निकै ढिला भइसकेको थियो।

नखेलको ७० औँ मिनेटमा राहुल हुसैनको गोलमा बंगलादेशले नेपालविरुद्ध अग्रता फराकिलो पारेको हो।

त्यसअघि ५४ औँ मिनेटमा नेपाल २–० ले पछि परेको हो। मिराजुल इस्लामले गोललाईनबाट हेडर गोल गोल गर्दै बंगलादेशकोअग्रता दोब्बर पारे।

पहिलो हाफको इन्ज्युरी समयमा बंगालदेशका मिलाजुल इस्लामले फ्रिकीकमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। इस्लामको फ्रिकीक प्रहारले पहिलो बारमा लाग्दै पोष्टको जाली चुमेको थियो।

त्यसअघि नेपालले खेलमा राम्रो पकड बनाएपनि गोल गर्न भने सकेन। बगंलादेशले पाएको अवसरलाई सुदपयोग गर्दै अग्रता बनायो।

खेलको ३१ औँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। त्यसअघि २९ औँ मिनेटमा सिमान्त थापाको फ्रिकीक क्रसबारको माथिबाट आकाशियो।

पहिलो हाफको २१ औँ मिनेटमा निराजन धामीले बंगलादेशका दुई डिफेन्डरबाट बललाई खोस्दै दिएको क्रसलाई अविनास स्याङ्ताङले पोस्टको गति दिन सकेनन्।

खेलको १६ औँ मिनेटमा निराजनको लामो पासलाई नियन्त्रणमा लिदै समिर तामाङले दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन भने सकेनन्।

पहिलो हाफको नवौँ मिनेटमा निराजन धामीको लामो प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group