ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवीय क्षति कम गर्न रेल लिक वरपर तारबार लगाइँदै


एबीसी न्यूज

काठमाडौं १२ भदौ । न्यारोगेजदेखि ब्रोडगेज हुँदै आधुनिकतातिर लम्कँदै गरेको नेपालको पहिलो र एक मात्र रेल जयनगर–जकपुरधाम–बिजलपुरा हो । करिब अढाई वर्षदेखि सञ्चालनमा आएको नेपाली रेलले नेपाल तथा भारतका जनतालाई खुसी दिएको छ भने आवतजावत गर्नेलाई सहज बनाएको छ । रेल सञ्चालनपछि कतिले रोजगारी पाएका छन् भने कतिको व्यापार फस्टाएको छ । तर करोडौं खर्चेको रेल र रेलमा सवार यात्रुको सुरक्षाका लागि नेपाल रेल्वे कम्पनी र रेल्वे विभागले अहिलेसम्म कुनै कदम चालेका छैनन् ।

रेल सेवा सञ्चालनपछि दिनप्रति दिन दुर्घटना हुने समस्या बढ्न थालेपछि सुरक्षाका निम्ति रेल्वे विभागले जयनगर–जनकपुरधाम–बिजलपुरा रेल्वे लिकको दुबैतर्फ तारबारका लागि फलामको खम्बा भने लगाइएको छ । रेलको ट्याकमा परेर पटक–पटक मानवीय क्षति भइरहेको घटनालाई विचार गर्दै विभागले पहिलो चरणमा जनकपुरधाम क्षेत्रलाई समेट्ने गरी रेलको लिक घेर्ने जनाएको छ । अहिले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि वंशीचोकसम्मको लिकको दुवैतर्फ तारजाली घेर्न फलामको पिलर गाड्ने कार्य भइरहेको छ ।

रेल्वे लिकको दुवैतिर गाडिएको फलामको पिलरमा तारजाली लगाएपछि अचानक रेल लिकमा मान्छे तथा पशु जाने समस्या कम हुने दुर्घटनामा पनि न्यून हुने रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर ९एसडीई० कमल शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षाका लागि सहरी क्षेत्र र बढी भीडभाड हुने क्षेत्रमा रेल्वे लिकलाई दुवैतर्फबाट घेरबार लगाउनका लागि तयारी भइरको छ । सुरुवाती चरणमा विशेषगरी जनकपुरधाम क्षेत्र लक्षित तारबार लगाइने छ भने पछि अन्य स्थानका लिकहरुमा पनि लगाइने छ । उहाँले भन्नुभयो, “पटक पटक मानव र जिवजन्तु लिकमा पर्ने हुँदा सुरक्षाका लागि घेरबार गर्न लागिएको हो । विशेषगरी मानवीय क्षति रोक्न पनि घेरबार गर्न थालिएको हो । यसले रेल सञ्चालनमा कुनै बाधा पुग्ने छैन र रेल चल्दाचल्दै लिकमा मानिस र चौपाया आएर दुर्घटना हुने समस्यालाई पनि कम गर्न मद्दत गर्नेछ ।” बजेट अनुसार अन्य स्थानमा पनि तारबार लगाइनेछ ।’’

गुड्ने बेलामा हतारमा रेल चढ्न खोज्दा र रेल आइरहेको बेला लापरबाही गरेर बाटो काट्न खोज्दा दुर्घटना बढेको हो । लापरबाही नरोकिने र दुर्घटनाको क्रम बढेपछि नेपाल रेल्वे विभागले बढी भीडभाड हुने क्षेत्रमा रेल्वे लिकलाई तारबार गर्न थालेको हो ।

यता नेपाल रेल्वे कम्पनी लिमिटेडका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भन्नुभयो, “तारजालीले मात्र दुर्घटना कम हुँदैन, दुर्घटना कम गर्नका लागि जनतामा जनचेतना फैलाउन जरुरी छ, अझै तारजालीले रेल सञ्चालन र मर्मतमा समस्या हुने सम्भावना देखिन्छ, त्यसकारण रेलसम्बन्धी जनचेतना जगाउन अति आवश्यक देखिएको छ ।”

उक्त रेल सञ्चालनको तीन वर्ष पूरा नहुँदै रेल गुडिरहेको बेला चिप्लिएर र किचिएर तीन जनाको मृत्यु भएको छ भने नौ जनाको अङ्गभङ्ग भएको छ ।

२०७८ साल चैत १९ गते शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा उक्त रेल सेवा सञ्चालनको उद्घाटन गर्नुभएको थियो । रेल सेवा सञ्चालनको तीन वर्ष पूरा हुन लागे पनि रेल अझै पनि कम्पनीलाई हस्तान्तरण गरिएको छैन भने उक्त रेल सुरक्षाका लागि गरिनुपर्ने बिमा हुन सकेको छैन ।

नेपालले २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रुपियाँको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन आएको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो ।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्ने गरी तयारी भए पनि विभागले पहिलो चरणमा जनकपुरधाम–जयनगर खण्डको ३५ किलोमिटरमा मात्र सञ्चालनमा ल्याएको थियो भने अहिले महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com