ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमका दुई वाइडबडी जहाज ग्राउन्डेड


एबीसी न्यूज

काठमाडौं १२ भदौ । नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि रहेका चार वटा जहाजमध्ये दुई वटा वाइडबडी जहाज ग्राउन्डेड भएका छन् । प्रमुख पर्यटकीय सिजन र दसैँतिहार जस्ता ठुला चाडपर्वको समय नजिकिँदै गर्दा निगमका दुई प्रमुख जहाज विस्तृत मर्मतसम्भार ९सी–चेक० का लागि ग्राउन्डेड भएका हुन् ।

असार ९ गते एउटा ए ३३० वाइडबडी ‘अन्नपूर्ण’ ९सी–चेक० का लागि इटालीको नेपल्समा पठाएको निगमले आज बुधबार अर्को वाडबडी ए ३३० वाइडबडी ‘मकालु’ पनि सि–चेकका लागि इटाली पठाउन लागेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने विस्तृत मर्मतसम्भारका लागि मकालु जहाजलाई इटालीको नेपल्स पठाउन लागिएको हो । मङ्गलबार जापानको नारिताबाट फर्केपछि उक्त जहाज बुधबार राति ११ बजे दुबई जाने यात्रु बोकेर सी–चेकका लागि उतैबाट इटाली पुग्ने तय भएको छ ।”असार ९ गते इटाली पुगेको जहाजको मर्मत कार्य जारी रहेकाले अबको एक साताभित्र नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

त्यस्तै निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इटालीमा रहेको वाइडबडी जहाजको इटालियन कम्पनी एटिटेक एसपिएमा परीक्षण भइरहेको बताउँदै मर्मतको सिलसिलामा जहाजमा थप मर्मत गर्नुपर्ने र पार्टपुर्जाको व्यवस्था गर्नुपर्ने देखिएकाले सी–चेक गर्न थप समय लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com