काठमाडौं ११ भदौ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्ने प्रयास गरिए डटेर प्रतिवाद गर्ने बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले माओवादी संविधान संशोधनबाट भने नभाग्ने बताउनुभयो ।
‘नेपाली कांग्रेस र नेकपा ९एमाले०का केही साथीहरुले अझै पनि संविधान संशोधनको पत्ता फ्याँकिरहनु भएको छ । तपाईहरुलाई अनुरोध छ, राम्ररी गृहकार्य नगरी यो विषयमा जथाभावी नबोल्नुहोला’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यस विषयमा पहिला आआफ्नै पार्टीमा सल्लाह गर्नुहोला ।’
‘जब मैले यस सम्मानित संसदमा ०४८ सालदेखि २०६३ सालसम्म तपाईहरुको रामराज्यको समावेशिता सम्झाएँ, तपाईहरुकै पार्टीका मधेशी, दलित, महिला, आदिवासी–जनजाति, धार्मिक अल्पसंख्यक सांसद्हरुले मसँग भावना र अनुग्रह साटे’– उहाँले भन्नुभयो– ‘आज अनुशासनको डन्डाले ती बोलिनहाल्लान् तर भोलि बोल्छन् । जहाँसम्म हाम्रो कुरा छ, माओवादी केन्द्रको अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेताका रुपमा तपाईहरुलाई बचन छ मेरो, माओवादी संविधान संशोधनबाट भाग्दैन ।’
संसदमा संविधानका एक एक बुँदा, एक एक धारा र एक एक दफामा छलफल गर्न माओवादी केन्द्र तयार रहेको तर, उत्पीडित वर्ण, वर्ग र समुदायले असाध्यै ठूलो वलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुःसाहस भए डटेर प्रतिवाद गर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्