ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियाले तोक्यो विदेशी विद्यार्थीको कोटा, २०२५ मा २ लाख ७० हजारजना मात्र लिने


एबीसी न्यूज
भाद्र ११, २०८१ मंगलबार  ४ : ३३ बजे

काठमाडौं ११ भदौ । अस्ट्रेलियाले आफ्ना शैक्षिक संस्थामा सन् २०२५ मा २ लाख ७० हजार विद्यार्थी मात्र लिने भएको छ। आप्रवासी संख्या घटाएर महामारीअघिकै तहमा झार्न उसले यस्तो उपाय लगाएको हो।

त्यसका लागि प्रत्येक उच्च शिक्षा प्रदायकलाई संख्या तोकिने सरकारले मंगलबार घोषणा गरेको छ। सबैभन्दा ठूलो कटौती सीपमूलक शिक्षा र तालिम दाताहरूले बेहोर्नेछन्।

यो नियम परिवर्तनले अस्ट्रेलियाको शिक्षा उद्योग भने क्रुद्ध भएको छ। कतिपय विश्वविद्यालयले यसलाई ‘आर्थिक विध्वंस’ भनेका छन्। तर, सरकारले यो योजनाले शिक्षाको गुणस्तर कायम राख्नुका साथै शैक्षिक क्षेत्रलाई दीर्घकालीन रूपले फाइदा नै गर्ने बताएको छ।

अस्ट्रेलियामा अहिले करिब ७ लाख १७ हजार विदेशी विद्यार्थी रहेको अनुमान छ। शिक्षामन्त्री जेसन क्लार्कले महामारीमा शिक्षा क्षेत्रले ठूलो नोक्सान बेहोरेको स्वीकार गरे।

तर, कोभिड अघिभन्दा अहिले युनिभर्सिटीमा विदेशी विद्यार्थीको संख्या १० प्रतिशत र निजी सीपमूलक तालिम केन्द्रहरूमा ५० प्रतिशतसम्म बढी भएको उनको भनाइ छ।

मानिसहरूले शिक्षा उद्योगलाई छिटो पैसा कमाउने माध्यम बनाएको उनले बताए। त्यसका लागि भाषामा पर्याप्त ज्ञान नभएकालाई स्वीकार गरेको, राम्रो शिक्षा उपलब्ध नगराएको र पढाइभन्दा काम गर्न चाहनेहरूलाई भर्ना गरेको आरोप लाग्दै आएको छ।

अस्ट्रेलियाले यसअघि नै भाषा परीक्षामा कडाइ गर्ने घोषणा गरिसकेको छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com