ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई एमालेको जवाफ– प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई बनाउनुस्, हामीलाई चाहिँदैन


एबीसी न्यूज

काठमाडौं ११ भदौ । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिमात्रै नभइ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न सत्तारुढ दललाई आग्रह गरेका थिए।

‘सुन्नुहोस् कांग्रेस९एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईंहरू हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न। मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किनरु चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरुसँगै राख्नोस्,’ प्रचण्डले बैठकमा भनेका थिए।

प्रचण्डको सम्बोधनपछि विशेष समयमा बोलेका एमाले नेता रघुजी पन्तले भने संविधान पढ्न आग्रह गरे। उनले प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक पद भएकाले कसैले खोजेर नपाइने पद भएको जिकिर गरे।

‘उहाँले लान्छित गरेर सबै तपाईंहरूलाई चाहिएको छ, त्यसो भए प्रमुख प्रतिपक्षको पदपनि लैजानुस्, तपाईंले नै राखे हुन्छ भन्नुभयो। संविधान त पढ्नुस् नेता ज्यू। प्रमुख प्रतिपक्षीको पद तपाईंले खोजेर पाउने पद होइन। हामीले खोजेर पाउने पद होइन। यो एउटा संवैधानिक पद हो। यो तपाईंलाई पनि दिइएको होइन, तपाईंको दललाई दिएको हो,’ पन्तले भने।

त्यसपछि उनी माओवादी केन्द्रमा पछिल्लो समय भइरहेको नेतृत्व परिवर्तनको बसहलाई इंकित गर्दै उपमहासचिव जनार्दन शर्मालाई नै त्यो पद दिन आग्रह गरे।

‘दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षीमा स्वतः हुने भएपछि त्यो पार्टीलाई दिइएको हो। मन लाग्दैन भने, तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ। दिनुहोस् न उहाँलाई। चाहिएन हामीलाई। किनभने हामीले लिनुपर्ने पद पनि होइन। आफ्नै दलको कुनै नेतालाई दिनुस्,’ पन्तले भने।

उनले प्रधानमन्त्री पद गएपछि प्रचण्डमा छटपटि बढेको टिप्पणी गरे।

‘यति ज्ञान त हुनुप¥यो नि। प्रमुख प्रतिपक्षीको नेता हुने, अनि यो पद पनि लैजाउ भने। किन प्रधानमन्त्री पद गएको यति औडाह र छटपछि यति छिटै देखाउनुपरेको ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com