ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न राष्ट्रसङ्घ प्रमुखको आह्वान


एबीसी न्यूज
भाद्र ११, २०८१ मंगलबार  ३ : ५२ बजे

काठमाडौं ११ भदौ । टुङ्गाको नुकुआलोफामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन हजार वर्षमा नदेखेको विश्वव्यापी समुद्री सतहमा अभूतपूर्व वृद्धिलाई उल्लेख गर्दै जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न विश्व नेताहरूलाई आह्वान गर्नुभएको छ ।

मुख्यतया जीवाश्म इन्धनको व्यापक प्रयोगले विश्वव्यापी तापक्रम साथसाथै समुद्री सतहको वृद्धि निम्त्याइरहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

गुटेरेसले विश्व मौसम विज्ञान सङ्गठनको अध्ययन र संयुक्त राष्ट्र जलवायु कार्य टोलीको प्रतिवेदन दुवैले बारम्बार गम्भीर समुद्री तातो छालहरू, अधिकतम समुद्री तापमान र बढ्दो तटीय बाढीका साथ समुद्री परिवर्तनहरू तीव्र हुँदै गएको सङ्केत गरेको बताउनुभयो ।

“प्रशान्त टापुका राष्ट्रहरू गम्भीर खतरामा छन्। दक्षिणपश्चिमी प्रशान्त महासागरमा सापेक्षिक समुद्री सतह विश्वव्यापी औसतभन्दा पनि बढी बढेको छ। यसले विश्वभरका तटीय क्षेत्रलाई खतरामा पार्दै हामी सबैका लागि बढ्दो समुद्री समस्या निम्त्याउनेछ । प्रशान्तलाई बचाउनु नै हामी आफू बाच्नु हो”, गुटेरेसले भन्नुभयो ।

विशेष गरी दक्षिण पश्चिमी प्रशान्तले विगत ३० वर्षमा विश्वव्यापी औसतभन्दा दोब्बरभन्दा बढी समुद्री सतह बढेको अनुभव गरेको छ । कम उचाइ र घना तटीय जनसङ्ख्याका कारण असाधारण रूपमा कमजोर प्रशान्त टापुहरू गम्भीर जोखिमको सामना गरिरहेका छन् ।

महासचिवले विश्वव्यापी तापक्रममा २ डिग्री सेल्सियसको वृद्धिले प्रमुख हिमनदी तीव्र रूपमा पग्लिने र परिणामस्वरूप सहस्राब्दीहरूमा समुद्रको सतह २० मिटरसम्म बढ्न सक्ने चेतावनी दिनुभयो ।

हाल ३ डिग्री सेल्सियसको तापक्रम वृद्धितिर औँल्याउँदै भविष्यमा सोचेभन्दा विनाशकारी स्थितिको पूर्वानुमान गर्न सकिने राष्ट्र सङ्घले जनाएको छ ।

गुटेरेसले सन् २०३० सम्ममा तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने र उत्सर्जनमा ४३ प्रतिशतले कमी ल्याउनुपर्ने बताउनुभयो । उहाँले सन् २०२५ सम्ममा अद्यावधिक जलवायु कार्य योजना पेस गर्न सरोकारवालालाई निर्देशन दिनुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जालाई बढवा दिँदै जीवाश्म इन्धनको युग अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

उहाँले आर्थिक रूपमा कमजोर मुलुकका लागि सहयोग बढाउन आह्वान गर्दै धनी मुलुकलाई आफ्नो जलवायु वित्त प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो ।

गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी नवीन वित्तपोषण र न्यायसङ्गत सङ्क्रमण रणनीतिको आवश्यकतामा जोड दिनुभएको छ । राससरएएनआई

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com