ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रे भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक बन्द


एबीसी न्यूज

काठमाडौं १० भदौ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्डको सोझो यातायात सेवा बन्द भएको छ । मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीका अनुसार बिहान १० बजेपछि पहिरो जाँदा ठुला ढुङ्गा सडकमा थुप्रिएकाले सोझो यातायात सञ्चालनमा अवरोध भएको हो ।

सोझो यातायात अवरुद्ध हुँदा मुस्ताङबाट म्याग्दीतर्फ आउने र म्याग्दीबाट मुस्ताङतर्फ जाने तिर्थयात्रीहरुलाई समस्या भएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ मा पर्ने कालीगण्डकी नदिको उद्गमस्थल दोमोदर कुण्ड तथा बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजा अर्चनाका लागि जाने तिर्थयात्रीहरुलाई समस्या भएको व्यवसायी सुवेदीले बताउनुभयो ।

सडकमा ठुला ढुङ्गाहरु खसेकोले मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास गरिएको बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । शेरचनका अनुसार पहिरो झरेको ठाउँमा सडक खुलाउनका लागि डोजर सहित पुगेर काम थालिएको र चाँडै खुलाउने प्रयास भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com