ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोसी दुर्घटना: २५ फिट गहिराइबाट निकालियो गाडी, बेपत्ता ३ युवा अझै भेटिएनन्


एबीसी न्यूज

काठमाडौं ९ भदौं । सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ कुँडुलेबाट शनिबार साँझ सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना युवा अझै फेला परेका छैनन्।

घटना लगत्तैदेखि बेपत्ताको खोजी चलिरहे पनि उनीहरुलाई अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ आउँदै गरेका भक्तपुरका चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट आइतबार साँझतिर सुनकोसी नदीमा खसेको थियो।

‘नदीमा बेपत्ता भएको गाडी गएराति २ बजे नदीबाट निकालिएको छ,’ एसपी काफ्लेले भने, ‘तर त्यसमा सवार तीन युवालाई अझै फेला पार्न सकिएको छैन।’

बेपत्ता हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन्। अबिन हाइलक्सका चालक हुन्।

सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन्। सामान्य घाइते उनको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए।

बेपत्ता तीन युवाको खोजीमा आइतबार बिहानैदेखि सुरक्षाकर्मी खटिएका एसपी काफ्लेले बताए।

‘म अहिले घटनास्थलमै छु,’ उनले नेपालखबरसँग भने, ‘घटनास्थलदेखि तल १० किलोमिटर क्षेत्रसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।’

सशस्त्रको गोताखोर टोलीले नदीको झण्डै २५ फिट तल डुबेको अवस्थामा गाडी फेला पारेको हो। सडकबाट पल्टिएपछि गाडी झण्डै ५० मिटर तल पुगेर नदीमा डुब्दा त्यसमा सवार तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

‘बाढी आएको कारण अहिले सुनकोसीको पानी एकदमै धमिलो र लेदो छ। बेपत्ता भएकाहरुलाई बालुवाले पुरेको पनि हुनसक्छ। हामी सम्भावित सबै किसिमबाट खोजी गरिरहेका छौँ,’ एसपी काफ्लेले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com