ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज संसद्का ५ समितिको बैठक बस्दै


एबीसी न्यूज

काठमाडौं ९ भदौं । संघीय संसद् अनतर्गतका पाँच समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

समितिले आज बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्दैछ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। समितिको ४४ औं बैठकमा आज त्रिभुवन अन्तराष्ट्रि«य विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल हुनेछ।

यस्तै, संसदीय अध्ययन तथा सुझाव समिति ९पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने० प्रतिवेदन, २०७१ ले वैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा पनि आजको बैठकमा छलफल गर्ने कार्यसूची रहेको छ।

पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा।लि।को निवेदन उपर पनि आजको बैठकमा छलफल हुनेछ।

बिहान ११ बजेकै लागि बोलाइएको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ।

कृषि समितिको सभाहलमा दिउँसो १ बजेका लागि बोलाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरुको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल हुनेछ।

यसैगरी आज दिउँसो १ बजे सार्वजनिक लेखा समितिको ३२ औं बैठक बस्दैछ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुल सम्बन्धी विषयमा आजको बैठकमा छलफल हुने कार्यसूची रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com