ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिष्ठानको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओली आउनुहुने


एबीसी न्यूज

काठमाडौं ७ भदौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दिक्षान्त समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउनु हुने भएको छ ।

भदौ २३ गते हुने प्रथम दिक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली जुम्ला आउनु हुने तय भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जानकारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति डा। मंगल रावलका अनुसार प्रतिष्ठानले गर्न थालेको प्रथम दिक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा। सन्दुक रोइत, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश पाण्डपसहितको टिम जुम्ला आउने भएको जानकारी दिनुभयो ।

कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सम्पन्न गरेका विभिन्न तहका ५६ जना विद्यार्थीलाई दिक्षित गर्ने, प्रतिष्ठानको नवनिर्माण भएको शैक्षिक भवन उद्घाटन गर्नेसहितका विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री जुम्ला आउनु हुने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानसँग गरेको सहमतिअनुसार यतिवेलादेखि नेत्र रोगको सेवा विस्तार पनि प्रतिष्ठानमा यसै समयमा गरिने भएको छ । सो सेवाका लागि तिलगंगा प्रतिष्ठानका कार्यकारी निर्देशक रोइतले करिब २ करोडको सामग्री पठाई सक्नुभएको रावलले बताउनुभयो ।

नेत्ररोग सेवाका लागि २ जना विशेषज्ञ समेत आइसक्नुभएको उपकुलपति रावलले जानकारी दिनुभयो । प्रतिष्ठानका अनुसार एमडिएमएस, विएमएस, विपिएचका विद्यार्थीको यस पटक दिक्षान्त समारोह हुने भएको छ । प्रतिष्ठानमा अहिले ३ जना भारतीय विद्यार्थीसहित १२० जना चौथो व्याजका विद्यार्थी एमविविएस अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com