ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयबाट घर फर्किंदै गर्दा पहिरोसहितको ढुंगाले लागेर ६ वर्षीया बालिकाको मृत्यु


एबीसी न्यूज

काठमाडौं ७ भदौं ।   मकवानपुरको बकैया गाउँपालिका(६, की ६ वर्षीय बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा परी मृत्यु भएको छ।

बिहीबार दिउँसो विद्यालयमा पढाइ सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरोसहित आएको ढुंगाले लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालदय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बकैया(६, स्थित जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुष्मा थिङ रहेको प्रहरीले जनाएको छ।

सोही वडाका वडाध्यक्ष फूलमान बोम्जनका अनुसार बिहीबार साँझ ५ बजेतिर विद्यालयबाट फर्कदैँ गर्दा पहिरोसँगै आएको ढुंगाले लागेर उनको मृत्यु भएको हो।

विद्यालयबाट झण्डै एक घण्टा पैदल लाग्ने ज्यामिरे भन्ने स्थानमा आएको पहिरोको ढुंगाले लागेर उनको ज्यान गएको हो।

त्यो नानी र अरु साथीहरु घर आउँदै रहेछन्, वडाध्यक्ष बोम्जनले भने, पहिरोमा आएको ढुंगाले लागेर त्यो नानी बेहोस भइछिन्। साथीहरू घरमा उनका आमाबुवालाई बोलाउन गएछन्। एउटा अलि ठूलो साथीले स्वास्थ्यचौकी लान बोकेर अलि वरसम्म आएका रहेछन्। तर बाटोमै मृत्यु भएछ।

उनका अनुसार पहिरोको ढुंगा सुष्मालाई मात्रै लागेको हो। अन्य साथीहरु भने सकुशल छन्। बालिकाको शव परिवारले बुझेर अन्तिम संस्कारको तयारीमा जुटेको उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com