काठमाडौं ७ भदौं । नेकपा माओवादी केन्द्रका उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको बताइएको छ। यसअघि बुधबार र शुक्रबार बागमती प्रदेश परामर्श समितिको बैठक बसेको थियो।
सो बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो समसामयिक अवस्था र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका थिए।
साथै, उपमहासचिव जनार्दन शर्माले राखेको फरक मतबारे पनि बैठकमा चर्चा भएको थियो।
प्रतिक्रिया दिनुहोस्