ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट प्रदेश तहमा माओवादीको छलफल


एबीसी न्यूज

काठमाडौं ५ भदौ । नेकपा माओवादी केन्द्रले आजदेखि प्रदेश तहमा छलफल सुरु गरेको छ ।  सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सम्मिलित प्रदेश बैठक बागमतीबाट सुरु भएको हो । बागमतीको बैठक आज र भोलि चल्नेछ ।

यो बैठकमा पार्टीको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुनेछ । पार्टी कार्यक्रमबारे छलफल गर्नेगरी यसअघि माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी समितिले प्रदेश तहमा छलफल गरी सुझाव संकलन गर्ने निर्णय गरेको थियो । जसअनुसार आजबाट प्रदेश तहको छलफल सुरु भएको हो ।

केन्द्रीय कार्यालयले तय गरेको तालिका अनुसार ७–८ भदौमा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेश, ९–१० भदौमा गण्डकी, १२–१२ भदौमा सुदूरपश्चिम, १४–१५ भदौमा कर्णाली र १६–१७ भदौमा लुम्बिनी प्रदेशको बैठक बस्नेछ ।

१८–१९ भदौमा केन्द्रीय आयोगका सदस्यहरु, २२–२३ भदौमा मधेश, २४–२५ भदौमा १ नम्बर प्रदेश, २७–२८ भदौमा जवस र केन्द्रीय विभागका सदस्यहरुको बैठक हुनेछ ।

३१ भदौदेखि १ असोजसम्म प्रवासमा रहेका केन्द्रीय सदस्यहरुको र २–३ असोजमा जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरको बैठक हुनेछ । यी सबै बैठक सकिएपछि पार्टी केन्द्रीय समितिको बैठक राखेर माओवादीले निर्णय लिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com