ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण, ११४ जना स्क्रबटाइफस


एबीसी न्यूज

काठमाडौं ४ भदौ । गोरखामा दुई महिनाको अवधिमा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्न थालेकाले असार र साउनमा मात्रै गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकरी दिनुभयो ।

उहाँका अनुसार असार १ देखि साउन अन्तिमसम्म जिल्लाको गोरखा नगरपालिाकामा १६९ जना, पालुङटार नगरपालिकामा १२३ जना, आरुघाट गाउँपालिकामा १६४ जना, मिमसेन थापा गाउँपालिकामा ४२ जना, शहिदलखन गाउँपालिकामा १३ जना, अजिरकोट गाउँपालिकामा नौ जना, बारपाक सुलिकोट चार जना र गण्डकी गाउँपालिकामा पाँच जनामा डेंगु सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

यसैगरी, दुई महिनामा मात्र गोरखामा ११४ जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको छ । जसमा आरुघाट गाउँपालिकामाम ५९ जना, गोरखा नगरपालिकामा ३४ जना, पालुङटार नगरपालिकामा १८ जना र भिमसेन थापा गाउँपालिकामा तीन जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताउनुभयो ।

डेंगु विशेष गरी भदौ र असोजमा यो रोग देखिने भएता पनि अहिले साउन महिनाको सुरुदेखि नै गोरखामा देखिन अत्याधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । वर्षातको समयमा जतातौ पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुरान टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांशपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राव हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । डेंगु रोग लाग्नु नदिन लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले अपिल समेत गरेको छ ।

आरुघाट गाउँपालिकामा लार्भा खोज र नष्ट गर अभियान
आरुघाट गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा ल्याएको छ । आरुघाट गाउँपालिकामा अत्यधिक मात्रामा डेंगु सङ्क्रमण देखिएपछि शनिबारबाट अभियान सुरु गरी मङ्गलबार आरुघाट बजार क्षेत्रमा सरसफाई गरिएको स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका भरिका प्रत्योक वडामा स्वास्थ्यकर्मी, युबा क्लब, आमा समूह, महिला स्वयमसेबिका समेतको उपस्थितिमा मोटरसाइकलको ग्यारेजमा राखिएका टायर र खुला भाडामा रहेका पानी फयाकेर सरसफाईमा ध्यान दिँदै सचेतना कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com