काठमाडौं ३ भदौं । साउन महिनामा ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। चालू आर्थिक वर्षको महिलो महिना अटोमेटिक र म्यानुअल गरी ९ अर्ब १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको हो।
अटोमेटिक रुटबाट लगानी भित्रिनेमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा छ।
कुल ३१ उद्योग दर्ता रहेकोमा २२ वटा सूचना प्रविधि र पर्यटन क्षेत्रका ४ उद्योग र उत्पादकमूलकमा २ वटा उद्योग दर्ता भएका छन्।
उद्योग विभागका अनुसार सेयर खरिदमा ३१ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। लगानी प्रतिवद्धतामध्ये पर्यटन क्षेत्रमा ७३ प्रतिशत, सेवा क्षेत्रमा १६ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ३ प्रतिशत प्रतिबद्धता आएको छ।
साउनमा रोयल्टीबापत ६ करोड रुपैयाँ बाहिरिएको छ।
प्रतिक्रिया दिनुहोस्