ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको अर्को ठूलो हमला


एबीसी न्यूज
भाद्र १, २०८१ शनिबार  ११ : ०१ बजे

काठमाडौं, १ भदौ । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काइदिएको छ।रुसी अधिकारीहरूलाई उद्धृत गर्दै यस हमलामा ग्लुसकोवो सहरनजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य स्थानबाट सम्पर्क विच्छेद भएको बताइएको छ।

बीबीसीका अनुसार युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग भइरहेको थियो। तर अहिले पुल भत्किएपछि यो अवरुद्ध हुन सक्छ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सैनिकले कुर्स्कमा आफ्नो स्थिति बलियो बनाउँदै लगेको बताएका छन्।जेलेन्स्कीका अनुसार कुर्स्क क्षेत्रको बदलामा युक्रेनले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्छ।यसअघि युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए।

उनका अनुसार सेनाले यस कार्यालयबाट रुसमा हमला जारी राखेको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाइएको बताएका छन्।युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्।जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटरभित्रसम्म प्रवेश गरेका छन्। यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com