काठमाडौैं ३२ साउन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै प्राप्त उपलब्धि जोगाउन सकरात्मक विचार आवश्यक रहेको बताए ।
काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट(२०२४’ को उदघाटन समारोहमा मन्त्री सिंहले समाजमा नकारात्मक कुरामा बढी समय खेर फालिरहेको बताए ।
उनले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताए ।
उनले नेपालमा पढ्ने विद्यार्थीको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्