ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा, भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता


एबीसी न्यूज

काठमाडौं ३१ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आगामी साता नयाँदिल्ली जाने भएकी छन्।  ‘औपचारिक भ्रमण’ कै रूपमा नयाँदिल्ली जान लागेकी परराष्ट्रमन्त्री डा। राणाको यो यात्रा भने दुईपक्षीय मामिलाको साटो स्वास्थ्यको कारणले जुराएको हो।

विभिन्न स्वास्थ्य समस्या देखिएपछि डा। राणाको १५ चैत २०८० मा नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा हाइपर पाराथोरोडिज्मको शल्यक्रिया गरिएको थियो। नियमित स्वास्थ्य परीक्षणका लागि फेरि नयाँदिल्ली जानुपर्ने भएपछि भारतीय पक्षले उनको भ्रमणलाई औपचारिक रूप प्रदान गर्न लागेको हो।

‘उहाँ व्यक्तिगत तवरमा स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जाने तयारीमा हुनुहुन्थ्यो, यो कुराको जानकारी पाएपछि भारतीय पक्षले उहाँलाई निम्तो पठाएको छ’ परराष्ट्रमन्त्री राणानिकट स्रोतले भन्यो, ‘निम्तो प्राप्त भएकाले उहाँको भ्रमण औपचारिक हुनेछ। तर स्वास्थ्य परीक्षणको सिलसिलामा जाने हुनुभएकाले उच्चस्तरीय भेटघाट भने धेरै हुने छैनन्।’

स्रोतका अनुसार, अन्य उच्चस्तरीय भेटवार्ताहरू नभएपनि मन्त्री डा। राणा र उनका भारतीय समकक्षी एस। जयशंकरसँग भने नयाँदिल्लीमा भेटवार्ता हुनेछ। भारतीय विदेशमन्त्री जयशंकरले नै निमन्त्रणा पठाएकाले दुई समकक्षीबीच भेटवार्ता हुन लागेको हो।

आगामी हप्ताको सुरुवातमा नै जाने तय भए पनि मिति भने यकिन गरिएको छैन।
यससम्बन्धी निर्णय आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गर्न सक्नेछ।

‘सम्भवत उहाँ आइतबार २ भदौ वा सोमबार ३ भदौ मा नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ’ स्रोतले भन्यो, ‘बढीमा तीन दिन नयाँ दिल्लीमा रहने कार्यक्रम तय भएको छ।’

मन्त्रिपरिषद्को बैठक केहीबेरमा सिंहदरबारमा बस्दै छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com