ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास निर्माणका आयोजना विभिन्न मन्त्रालयहरुसँग सम्बन्धित हुँदा समयमै सकिँदैनन् : मन्त्री खड्का


एबीसी न्यूज

काठमाडौं ३१ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरु अन्तर्मन्त्रालयहरुसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताएका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु रहेको बताए। उनले अन्तर्मन्त्रालय सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको उल्लेख गरे।

उनले महाकाली सिँचाइ आयोजनाका सन्दर्भमा आर्थिक वर्ष २०८१—०८२१ का लागि पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बताए। उनले ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको बताए।

उनले स्रोत सुनिश्चितता गरेर अघि बढाउनेबारे छलफल भइरहेको पनि बताए । उनले आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत भौतिक प्रगति २१ प्रतिशत रहेको र आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत वित्तीय प्रगति पनि २१ प्रतिशत नै रहेको बताए ।

वनको समस्या समाधानका लागि रुख कटान गर्न मन्त्रीस्तरीय निर्णय भइसकेको बताए । ७ हजार ४२८ वटा रुख कटान गर्ने अवस्था रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com