ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेताहरुले ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपरे हुन्थ्यो जस्तो गरेको भन्दै प्रचण्डले दस्तावेज देखाए


एबीसी न्यूज
श्रावण ३०, २०८१ बुधबार  ४ : ३५ बजे

 

‘शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन अन्तिम समयसम्म लागिरहन्छु’

काठमाडौं २९ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल‍े अरू दलका नेताहरूले ‘माओवादी जनयुद्ध’ भन्ने शब्द उच्चारण नै गर्न नखोज्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले संविधान सभाले नै माओवादी सशस्त्र संघर्षलाई ुजनयुद्धु नाम दिएको भएपनि दलका नेताहरूले त्यसलाई बिर्सन खोजेको बताएका हुन्।
संविधान सभाबाट पारित संविधान र त्यसको व्याख्यात्मक टिप्पणीमा प्रस्तावनाको अनुच्छेद ३ मा रहेको ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष भन्नाले वि.सं १९९७,२००७,२०१८,२०१८, २०३५र०३६, २०४२, २०४६ सालमा भएका संघर्ष र आन्दोलन र विस ०६२र०६३ भएको माओवादी जनयुद्ध, मधेस आन्दोलनलगायत ऐतिहासिक आन्दोलन र सशस्त्र संघर्ष जनाउँछ भनी व्याख्यात्मक टिप्पणीमा राखिएको छ’ प्रचण्डले भने।
त्यतिबेला कांग्रेसका पूर्णबहादुर खड्काको सभापतित्वमा रहेको समितिमा ‘माओवादी जनयुद्ध’ लगायत सबै आन्दोलनको नाम उल्लेख गर्ने वा ‘माओवादी जनयुद्ध’ व्याख्यात्मक टिप्पणीमा पनि नराख्ने भन्ने सम्बन्धमा छलफल हुँदा ‘माओवादी जनयुद्ध’ लगायत सबै आन्दोलनको नाम राख्ने निर्णय भएको प्रचण्डले स्मरण गराए ।
‘अहिले पनि नेताहरू बोल्दाखेरि हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ’ उनले भने, ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जातै जाला जस्तो गर्नुहुन्छ। जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर सर्वसम्मत पारित गर्दै लेखिएको छ।’
शान्ति सम्झौतालाई निष्कर्षमा पुर्‍याँदैछौं भने ती परिघटनामा गरेका छलफलहरू र भएका सहमतिहरूलाई विस्मृतिमा लैजान नहुने अध्यक्ष प्रचण्डले बताए।
उनले ‘जनयुद्ध’को राजनीतिक र वैचारिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण रहेको बताए।
‘यदि जनयुद्ध बिशुद्ध ध्वंसात्मक मात्रै हुन्थ्यो गैर वैचारिक र गैर राजनीतिक हुन्थ्यो भने संसारमै मोडेल शान्ति प्रक्रिया भनेर गर्व गरिराखेका छौं, त्यो सम्भव हुने थिएन’ उनले भने।

उनले संविधान, जनताले प्राप्त गरेको उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरणका र जनतालाई थप अधिकारसम्पन्न बनाउन सबैसँग मिलेर जान तयार आफू तयार भएको पनि बताए।
‘शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन अन्तिम समयसम्म लागिपर्ने विश्वास र प्रतिबद्धता व्यक्त गर्छु’ उनले भने।

सेना समायोजन र हतियार व्यवस्थापन गर्दा मेरो पार्टी विभाजन भएपनि देश बँच्यो

प्रचण्डले शान्ति प्रक्रियाको सबैभन्दा जटिल काम सेना समायोजन र हतियार व्यवस्थापन आफूले जोखिम उठाउँदा सम्भव भएको बताएका छन्।
बुधबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक संसदले पारित गर्नुअघि शीर्ष नेताहरूले बोल्ने क्रममा प्रचण्डले सबैभन्दा पेचिलो विषयका रूपमा रहेको हतियार व्यवस्थापन सेना समायोजन नेतृत्वले जोखिम उठाउँदा सहज भएको बताएका हुन्।
‘मैले रातारात ! भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ। प्रत्येक क्यान्टोनमेन्टमा खुन खराबा हुनसक्छ। आजकै दिनमा, आजकै राति हतियार व्यवस्थापन हुनुपर्‍यो, सेना समायोजन हुन पर्‍यो भनेपछि ११ बजे राति यो काम सम्पन्न गरियो। विना कुनै खुन खराबा र जटिलतमा त्यो सम्पन्न भयो’ उनले भने।
हतियार व्यवस्थापन र सेना समायोजनकै कारण आफ्नो पार्टी विभाजन भएको प्रचण्डले बताए।
‘एउटामात्रै क्षति मैले र मैले नेतृत्व गरेको पार्टीले ब्यहोर्नुपर्‍यो’  उनले भने, ‘सेना समायोजन, हतियार व्यवस्थापनको नेतृत्व गरेबापत मेरो पार्टी विभाजित भयो। निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्‍यो तर देश बँच्यो। शान्ति स्थापित भयो, मलाई गर्व छ’ उनले भने।
‘यदी नेतृत्वले जोखिम नउठाएको भए, यदी नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए हतियार व्यवस्थापन र सेना समायोजन गर्न सम्भव थिएन,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com