काठमाडौं ३० साउन । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक, सांगठनिक एवं कार्यविभाजन प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकको आज चौथो दिन सबै प्रतिवेदन पारित गरी केन्द्रीय सदस्यहरूको कार्यविभाजनसँगै बैठक सम्पन्न हुनेछ।
ललितपुरको सानागाउँमा २७ साउनबाट सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकेर संगठन निर्माणमा खटाउन चार महिने जनअभियानको लागि नेताहरूको कार्यविभाजन हुनेछ।
पार्टी अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा मंगलबार ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरिसकेका छन्। सो प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारण लगायत बिषयहरू उल्लेख छन् ।
जसपा नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चारमहिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्ताव पारित गरिसकेको छ।
यसपछि, केन्द्रीय सदस्यहरूलाई आधारभूत चार महिनाको लागि सङ्गठन निर्माण जनअभियानमा खटाउने गरी कार्यविभाजन गर्ने तयारी छ।
देशैभरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित सो प्रतिवेदनलाई आजको बैठकबाट पारित गर्ने कार्यसूचि पनि रहेको छ।
प्रतिक्रिया दिनुहोस्