ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखरलाई देउवाको जवाफ : महाधिवेशन समयमै हुन्छ किन शंका गरेको ?


एबीसी न्यूज

काठमाडौं २७ साउन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा। शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औं महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए ।

केन्द्रीय समिति बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले बोल्दाबोल्दै देउवाले रोकेर भने, ‘महाधिवेशन नियमित समयमै हुन्छ । सार्ने कुरै छैन । सबै एक भएर त्यसमा लागौं ।’

नियमित समय अनुसार महाधिवेशन हुँदा २०८२ को मंसिरमा १५ औं महाधिवेशन हुनुपर्दछ ।

 

नेता डा।कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाएका छन् । दुई ठूला दल ९नेपाली कांग्रेस र नेकपा एमाले० सुशासनका लागि एक ठाउँमा आएको भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनले बताए ।

‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन्’ कोइरालाले भने, ‘तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनौटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बार चुक्दैछौँ रु’

गठबन्धनको कारण ठूलो दल भएपनि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचन परिणामले देखाएको उनले बताए । ‘कांग्रेस हिजो किन खुम्चियो र आज फेरि किन गठबन्धनको कारण ठूलो दलको रुपमा संसदमा उपस्थित छ,’ उनले भने, ‘यद्यपि, कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यी सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छाडिदिन्छु ।’

सरकारी निकायमा राजनीतिकरण भएर तिनको प्रभावकारिता भुत्ते भएको कोइरालाले बैठकमा सुनाए ।

केन्द्रीय समिति बैठकमा कोइरालाले राखेको धारणा स्

आदरणीय सभापतिज्यू,

पदाधिकारीज्यूहरु र उपस्थित केन्द्रीय सदस्यहरु,

१। आजभन्दा झण्डै पाँच दशक अगाडि नेपाली कांग्रेसका पथ प्रदर्शक जननायक विपी कोइराला दक्षिण एशियामा उत्पन्न राजनीतिक उतार चढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनु भएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पुरक हुन र यिनलाई भिन्न–भिन्न रुपमा हेर्नु हुन्न भन्ने उहाँको मान्यता थियो ।

आज फेरी एकपटक दक्षिण एशियामा राजनीतिक हलचल छाएको छ । निर्वाचित सरकारहरु माथि धावा बोलिएको छ । जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिंदैछ । अर्थात दक्षिण एशिया अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने संभावना बढेको छ ।

२। दक्षिण एशियाको राजनीतिक द्धन्द्धले नेपाल र नेपालीको मनोभाव माथि प्रभाव परेको म बुझ्दछु । यसमा यो केन्द्रीय कार्यसमिति गम्भिर हुनुपर्छ भनी मैले माथि विपी कोइरालाको स्मरण गर्नु परेको हो । मुलुक नसोचिएको संकटतर्फ जाने हो की भन्ने चिन्ता सवै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र होइन अन्तराष्ट्रिय शक्ति केन्द्रले पनि हामी माथि रजार्इं गर्न पछि पर्दैनन् ।

३। बंगलादेशको घटनाले हामी सवैलाई उद्धेलित गरेको हुनुपर्छ । नेपालमा बंगलादेशको जस्तो घटना दोहरिन नदिन राजनीतिमा मूल्यपद्धति र नैतिक पक्ष शसक्त हुनुपर्छ भन्ने पाठ बंगलादेश घटनाले हामीलाई सिकाएको छ । नेता र राजनीतिप्रती जनताको बितृष्णा बढ्दो छ । राजनीतिक दल, नेता, प्रणाली र संविधान माथि नै जनता असन्तुष्ट छन् भनी अहिले नेपालमा एउटा ूवेभू सृजना गर्न खोजिदै छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठुलो दल भएको नाताले गम्भिरतापूर्वक सोचौँ ।

४। वर्तमान गठवन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भिरतापूर्वक उठाईएको छ । छिटो–छिटो सरकार गठन र बिघटन भैरहँदा विकासका गति अगाडी बढेनन् र जनताले सुशासनको अनुभुति गर्न पाएनन् भनेर मैले नै केही समय अगाडी देखी भन्दै आईरहेको हुँ । तसर्थ दुई ठुला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिऔँ भन्ने आवाज उठाएको हुँ ।

वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रकिया अगाडी बढाउँने हो । निसन्देह दुई ठुला दल मिल्नुको औचित्य संविधान संशोधन लगायत साझा राष्ट्रिय कार्यसूचि बनाएर जनभावना अनुसार कार्यान्वयनमा लैजान सक्दा आम जनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधान आम नेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रकृया अगाडी बढाँउदा संविधानको स्विकारोक्तिमा आम नेपाली भावना जोडिनु पर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्यसूचि बनाउँदा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिवद्धताहरुलाई विर्सन मिल्दैन ।

दुई ठुला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर होइन सोझै जनताप्रती उत्तरदायी हुनसक्दा मात्र अहिले देखिएका अनेकन् लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्न सकिन्छ ।

५। वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन । तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनौटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ रु

६। सरकार छ भन्ने अनुभूति आम नागरिकलाई संकटको समय सवैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरुका विच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन् समस्याहरुसंग जुध्दै छ । तिनको उद्धार, राहत, उपचार र पुनर्स्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु हामी संलग्न भएको सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस ।

लोकतन्त्रमा मुल कुरा जनता र सरकार विचको सम्बन्ध हो, सरकारप्रति आम नागरिकको भरोसा र विश्वास हो । यस्तो भरोसा र विश्वास सृजना गर्ने निकायहरु सरकारी सेवाप्रदायक संवैधानिक संस्था र निकायहरु हुन ।

सरकारी निकायमा राजनीतिकरण भएर तिनको प्रभावकारिता भुत्ते भएका छन् भनी हामीलाई स्विकार्न कुनै संशय छैन । तर पनि केही सरकारी निकाय र संस्थाहरुले यस विच नेपाली जनता माझ आफ्नो औचित्य र उपदेयता प्रमाणित गरेका छन । यस्ता संस्था र निकायहरुमा भएका कैयन व्यक्तिले प्रतिकुल परिस्थितिमा पनि राष्ट्रले गौरव गर्ने काम गरेका छन ।

यहाँ म उदाहरण प्रस्तुत गर्न चाहन्न, तर खवरदारी भने नगरी रहन सक्दिन । लोकतन्त्रको जग तव मात्र बलियो हुन्छ, जब संस्थालाई लोकतान्त्रीकरण र पारदर्शी ढंगले चलाईन्छ ।

७। प्रदेश संरचनाको सम्बन्धमाः

क। वर्तमान संविधान जारी भएको यतिका बर्ष भइसक्दा पनि प्रदेशले संविधान अनुरुप पाउनुपर्ने अधिकार पनि पाएका छैनन् । खासगरी बित्तिय संघीयता र प्रशासनिक संघीयतामा देखिएको कमजोरीले संघियता सम्बन्धी गुनासो छ र यसको औचित्य स्थापित गर्न अप्ठ्यारो भइरहेको छ । तसर्थ दुई ठुला दल मिलेर सरकार बनाउनुको सार्थकता प्रदेशलाई हरेक प्रकारले सशक्त र प्रभावकारी बनाउनेतर्फ पहल गर्नुपर्छ ।

ख। नेपाली कांग्रेसको विधानमा प्रदेश कार्यसमितिलाई अझ बलियो बनाउने गरी विधान संशोधन गरौँ । केन्द्रले नियमन गर्ने र प्रदेशले कार्यक्रम गर्ने गरी संगठनका काम गर्न व्यवस्था गरौँ ।

सभापतिज्यू,

८। तपाईको नेतृत्वमा विगत आठ वर्ष देखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समिक्षा म यहाँ गर्न चाहन्न । कांग्रेस हिजो किन खुम्चियो र आज फेरी किन गठवन्धनको कारण ठुलो दलको रुपमा संसदमा उपस्थित छ, यधपी कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यि सवैको वस्तुनिष्ठ समिक्षा गर्ने जिम्मा म इतिहाँसलाई छाडिदिन्छु ।

मेरो आग्रह सवै केन्द्रीय कार्यसमितिलाई साक्षि राखेर के मात्र छ भने कांग्रेसको १५औँ महाधिबेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ । पार्टीको बिधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागी अबिलम्ब समितिहरु बनाऔँ । १४औँ महाधिबेशन देखी थाँती रहेका क्रियाशिल सदस्यता लगायतका समस्याहरु तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिबेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस ।

यो वा त्यो वहानामा महाधिबेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठिक चारवर्षमा कांग्रेसको महाधिबेशन होस । मैले यसो भनिरहँदा म यहाँ विग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनाशयवाट यो कुरामा जोड दिईरहेको छु । म क्रियाशिल सदस्यता वितरण र महाधिबेशनको लागि जिम्मेवारी पाएका साथीहरुलाई पनि समयवद्ध कार्यतालिका बनाएर यथा समयमा पार्टी महाधिबेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।

९। अब पनि पार्टीलाई विधान अनुसार समयवद्ध तरिकाले संचालन गर्ने परिपाटी नचलाए कहिलेवाट यो संस्कार विकसित गर्ने रु समय गुज्रेर गरिने कुनै पनि कार्य प्रभावकारी हुँदैन । अहिले पनि नबुझे कहिले बुझने रु जसरी समय गुज्रेको औषधीले विरामी निको पार्दैन त्यसैगरी समयमा सम्पन्न हुनुपर्ने पार्टीका कामहरु नगर्दा त्यसको प्रभावकारिता हुन्न ।

१०। अहिले राजनीतिमा लोकरिझ्याई९पपुलिज्म० हावी भएको छ । हाम्रो पार्टी पनि लोकरिझ्याईबाट अछुतो छैन । कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याईले पार्टीलाई डोर्याउन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ वेलैमा सोचौँ ।

अन्तमा, गठवन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन । म यहाँ हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन र भावी दिनमा के गर्लान भनी अड्कल काट्न चाहन्न । तर अहिले सरकारमा गएका हाम्रा साथीहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु ।

सुशासन केवल शब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्र होइन आम नागरिकले अनुभूति गर्ने कुरा हो । कांग्रेस नवनिर्माणको वाटो, पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरुको सुशासनप्रतिको निष्ठा र पार्टीमा आवद्ध साथीहरुको एकतावद्ध प्रयासवाट मात्र कांग्रेस रुपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै वाटोवाट मात्र बन्छ भनी विश्वासका साथ हामी अघि बढौं । जय नेपाल ।

डा। शेखर कोइराला

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति

२०८१ श्रावण २७

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com