ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

अमेरिका–इजरायलको इरानमाथि आक्रमण ४–५ हप्ता लम्बिन सक्छः ट्रम्प


एबीसी न्यूज
फाल्गुन १९, २०८२ मंगलबार  ६ : २४ बजे

काठमाडौं /वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको संयुक्त सैन्य कारबाही चारदेखि पाँच हप्तासम्म जारी रहन सक्ने बताएका छन्। आक्रमण सुरु भएको तीन दिनपछि अमेरिकी प्रशासनले आक्रमण अभियान दीर्घकालीन हुन सक्ने संकेत दिएको हो।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पत्रकार सम्मेलनमा अमेरिका युद्ध सुरु गर्ने पक्ष नभएको दाबी गर्दै राष्ट्रपति ट्रम्पको नेतृत्वमा अभियानलाई “समाप्त गर्ने चरणमा पुर्‍याइने” बताएका छन्। उनले यो ‘सरकार परिवर्तन’ को उद्देश्यसहितको युद्ध नभएको स्पष्ट पारे।

हेगसेथका अनुसार अमेरिकाको मुख्य लक्ष्य इरानको सैन्य क्षमता कमजोर बनाउनु र उसको आणविक कार्यक्रम अन्त्य गर्नु हो। उनले “अन्त्य नहुने युद्ध” सुरु गरिएको भन्ने आलोचनालाई अस्वीकार गरे। यद्यपि, कारबाही कति समयसम्म चल्ने भन्ने औपचारिक समयसीमा तोकिएको छैन। आवश्यक परे स्थलसेना परिचालन गर्ने विकल्प पनि नकारिएको छैन।

यसैबीच द्वन्द्व क्षेत्र लेबनानसम्म विस्तार भएको छ। हिजबुल्लाहले इजरायलमाथि रकेट तथा ड्रोन आक्रमण गरेपछि इजरायली सेनाले बेरुतस्थित समूहको मुख्य आधार क्षेत्रमा प्रहार गरेको जनाएको छ। इजरायलका अनुसार हतियार भण्डारण केन्द्र र अन्य सैन्य पूर्वाधारलाई लक्षित गरिएको छ।

क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा मध्यपूर्वमा थप अस्थिरता फैलिने चिन्ता बढेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गोरखा-२ मा रास्वपाका बुर्लाकोटी विजयी

अछाम–१ मा एमालेका बोगटी निर्वाचित

सम्बन्धित

गोरखा-२ मा रास्वपाका बुर्लाकोटी विजयी

अछाम–१ मा एमालेका बोगटी निर्वाचित

३९१ महिला उम्मेदवार चुनाव लड्दा १४ जना मात्र संसद छिर्दै

समानुपातिक तर्फ ५० लाख मतगणना: रास्वपाको २४ लाख, अन्य दलको कति ?

१० हजार पृष्ठको प्रतिवेदन: ओली–लेखक कारबाही सिफारिस, तर विध्वंस प्रकरण अझै रहस्य

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com