ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ मा मन्त्रिमण्डल विस्तार


admin
फाल्गुन १६, २०७४ बुधबार  ७ : १४ बजे

धनुषा, १६ फागुन। प्रदेश २ को मन्त्रिमण्डल आज दोस्रो पटक विस्तार भएको छ ।

राष्ट्रिय जनता पार्टीले दुई मन्त्रीको टुंगो लगाएपछि आज दोस्रो पटक चार मन्त्री र तीन राज्यमन्त्री थपिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आज १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको हो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नव नियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयो भने मुख्यमन्त्री राउतले राज्यमन्त्रीहरूलाई शपथ गराउनुभयो ।

राजपाका तर्फबाट वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले सामाजिक विकास मन्त्रालय र वरिष्ठ नेता रामनरेश रायले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि नै राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त भइसक्नुभएको छ ।

त्यसैगरी, संघीय समाजवादी फोरमबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्र यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहले नियुक्त हुनुभएको छ । यसअघि नै फोरमबाट विजयकुमार यादव आर्थिक ममिला तथा योजनामन्त्री नियुक्त भइसक्नुभएको छ ।

फोरमबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र सामाजिक विकास राज्यमन्त्री उषा यादवले आ–आफ्नो पदको शपथ लिनुभएको छ ।

राज्यमन्त्री भने होली पर्वपछि मात्रै थप्ने राजपाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा: सुरक्षित सिटको खोजी कि राजनीतिक अस्तित्वको संघर्ष?

सर्लाही–३: नारायणकाजीको मधेशी दाउ (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com