ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेश सङ्कटमा भारत ‘गहिरो रूपमा चिन्तित’ छ : विदेशमन्त्री


एबीसी न्यूज
श्रावण २३, २०८१ बुधबार  १० : ४९ बजे

काठमाडौं २३ साउन । भारतका विदेशमन्त्री एस। जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताउनुभएको छ ।

प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उहाँको सो टिप्पणी आएको हो ।

उहाँले हसिना भारतमा रहेको पुष्टि गर्नुभयो । सोमबार प्रदर्शनकारीहरूले आफ्नो भवनमा आक्रमण गरेपछि हसिना भाग्नुभएको थियो ।

संसदमा विदेशमन्त्री जयशङ्करले भन्नुभयो, “जबसम्म कानुन र व्यवस्था स्पष्ट रूपमा बहाल हुँदैन, हामी स्वाभाविक रूपमा अत्यन्त चिन्तित हुनेछौँ ।”

चीनसँग बलियो सम्बन्ध कायम राख्दै भारतबाट समर्थन प्राप्त गर्ने कमजोर सन्तुलन बनाउने हसिनाको पतनप्रति नयाँदिल्लीले सावधानी अपनाएको छ ।

“पछिल्लो २४ घण्टामा हामी ढाकामा अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ”, विदेशमन्त्रीले भन्नुभयो, “सुरक्षा प्रतिष्ठानका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने निर्णय गर्नुभएको हाम्रो बुझाइ छ ।”

“धेरै छोटो सूचनामा उहाँले तत्काल भारत आउन स्वीकृतिका लागि अनुरोध गर्नुभयो, हामीले एकैसाथ बङ्गलादेशका अधिकारीहरूबाट उडान अनुमतिका लागि अनुरोध प्राप्त गर्यौँ, उहाँ हिजो साँझ दिल्ली आइपुग्नुभयो”, उहाँले भन्नुभयो ।

भारत र बङ्गलादेशले चार हजार किलोमिटरभन्दा लामो सीमा साझा गर्दछन् । “यो जटिल अवस्थालाई ध्यानमा राख्दै हाम्रो सीमा सुरक्षा बललाई पनि विशेष रूपमा सतर्क रहन निर्देशन दिइएको छ”, विदेशमन्त्री जयशङ्करले भन्नुभयो ।

बङ्गलादेशमा छिट्टै ‘सामाजिक स्थिरत पुनःस्थापना’ हुने चीनको विश्वास
यसैबिच चीनले ‘बङ्गलादेशमा सामाजिक स्थिरता चाँडै पुनःस्थापना हुनसक्ने’ विश्वास व्यक्त गरेको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिना व्यापक विरोधपछि राजीनामा दिँदै मुलुकबाट भागेपछि बेइजिङमा विदेश मन्त्रालयले मङ्गलबार सो टिप्पणी गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, “मैत्रीपूर्ण छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदारका रूपमा चीनले बङ्गलादेशमा चाँडोभन्दा चाँडो सामाजिक स्थिरता पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा राखेको छ ।” राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजिटल नेपालतर्फ राजनीतिक प्रतिस्पर्धा — गगन थापाको डिजिटल गभर्नेन्स प्रस्ताव कति सम्भव ?

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

सम्बन्धित

डिजिटल नेपालतर्फ राजनीतिक प्रतिस्पर्धा — गगन थापाको डिजिटल गभर्नेन्स प्रस्ताव कति सम्भव ?

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com