ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले एआईजी सरुवा गर्योः सीआईबीमा दीपक थापा, उपत्यकामा किरण बज्राचार्य


एबीसी न्यूज
श्रावण २२, २०८१ मंगलबार   १० : २१   बजे

 

काठमाडौं २३ साउन । सरकारले तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। मंगलबार साँझ सिंह दरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं उपत्यका प्रहरी प्रमुख पनि हेरफेर गरेको हो।

यसअघि उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापालाई सीआईबीको जिम्मा दिइएको छ। थापा आगामी चैतमा प्रहरी महानिरीक्षक बन्ने सबैभन्दा बलिया उम्मेदवार पनि हुन्।

कार्य विभाग प्रमुख एआईजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रमुखको जिम्मा दिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई भने सबैभन्दा कम भूमिकाको मानिने प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। एआईजी उमेशराज जोशी अनिवार्य अवकासमा गएपछि उक्त स्थान रिक्त भएको थियो।

यस्तै उमेशराज जोशीको अवकासपछि बढुवा भएका रामदत्त जोशीलाई कार्य विभागमा पदस्थापन गरिएको छ। बज्राचार्य उपत्यका प्रहरी कार्यलयमा सरुवा भएपछि रिक्त भएको थियो।

यसअघिको सरकारले सीआईबीबाट हटाएका बज्राचार्यलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो। उपत्यका प्रहरी कार्यालय प्रमुखका रुपमा उनले करिव ५ महिना काम गर्नेछिन्। उनी पुस १६ गते अनिवार्य अवकास हुनेछिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group