ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा सत्ता पलट, भगौडा प्रधानमन्त्री नयाँ दिल्लीमा, बेलायतद्धारा शरण अस्वीकार (उनको विगतसहित)


ABC News

 

काठमाडौं २२ साउन । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भागेर भारतको गाजियावादस्थित हिंन्डन एअर बेसमा उत्रे लगत्तै भारतीय सरकारको अतिथि बनेकी छन् ।

उनी सी१३०जे विमान मार्फत गाजियावाद उत्रेकी हुन् । उनलाई विशेष प्रथामिकताको साथ भारतीय सेनाले स्वागत गरेको एबीपीन्युजले जनाएको छ । भारतीय मिडियाका अनुसार शेख हसिनाले दिल्लीबाटै आफ्नो भाषण रेकर्ड गरेर प्रसारण गराउने तयारी गरेकी छन् ।
केही हप्तादेखि भइरहेको विद्यार्थीको विरोध प्रदर्शनका कारण ३ सय जनाभन्दा बढी मारिएपछि उनी राजीनामा घोषणा गर्दै भाग्न बाध्य भएकी हुन् । उनले देश छोडे लगत्तै बंगलादेशको सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ । भारतीय मिडियाहरुले बंगलादेशमा चीन र भारतको भूराजनीतिक प्रतिद्धन्द्धितामा चीलने जितेको बताउन थालेका छन् ।
भारत सरकारले भारत–बंगलादेश सीमामा २४ घन्टे हाइ अलर्ट जारी गरेको छ । पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बेनर्जीले पनि भड्काउपूर्ण कुनै पनि प्रतिक्रिया नजनाउन अपिल गरेकी छन् । पशिचम बंगला बंगलादेशसंग जोडिएको भारतीय राज्य हो ।बंगलादेश र भारतबीच ४०९६ किलोमीटर सीमा जोडिएको छ ।

हसिनाको सत्ता यात्रा र पतन

शेख हसिना वाजेद भारत–पाक स्वतन्त्र भएको वर्ष सेप्टेम्बर १९४७ मा जन्मेकी हुन् । उनले १९९६ देखि २००१ सम्म पहिलो पटक र जनवरी २००९ देखि अगस्ट २०२४ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् । उनी बङ्गलादेशका संस्थापक पिता र प्रथम राष्ट्रपति शेख मुजीबुर रहमानकी छोरी हुन्। उनी बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने नेता बनेकी छन् ।

हुसेन मुहम्मद इर्शादको निरंकुश शासन समाप्त भएपछि अवामी लिग (एएल) का नेता हसिना सन् १९९१ को चुनावमा खालिदा जियासँग हारेकी थिइन् । विपक्षी नेताका रूपमा हसिनाले जियाको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) लाई चुनावी बेईमानीको आरोप लगाएकी थिइन् र संसद बहिष्कार गरेकी थिइन् । त्यसपछि देशमा हिंसात्मक प्रदर्शन र राजनीतिक उथलपुथल भएको थियो। त्यही कारण १९९६ मा भएको चुनावबाट हसिना प्रधानमन्त्री बनिकी थिइन् ।

सन् २००६–२००८ को राजनीतिक सङ्कटको समयमा, हसिना जबरजस्ती वसूलीको आरोपमा पक्राउ परेकी थिइन्। जेलबाट रिहा भएलगत्तै उनले सन् २००८ को चुनाव जितेकी थिइन्। सन् २०१७ मा म्यानमारको नरसंहारबाट भागेर करिब १० लाख रोहिंग्याहरू बगलादेश प्रवेश गरेपछि हसिनाले उनीहरूलाई शरण र सहयोग दिएकोमा श्रेय र प्रशंसा पाएकी थिइन् ।

बंगलादेशको संसद

हसिनालाई चुनौती दिएकोमा धेरै राजनीतिज्ञ र पत्रकारहरूलाई व्यवस्थित र न्यायिक रूपमा सजाय दिइएको छ । सन् २०२१ मा, रिपोर्टर्स विदाउट बोर्डर्सले सन्२०१४ देखि बङ्गलादेशमा प्रेस स्वतन्त्रता रोक्ने हसिनाको मिडिया नीतिलाई नकारात्मक मूल्याङ्कन गरेको थियो ।


बंगलादेशको ३५० सदस्यीय जातीय संसदमा एकल–सदस्य निर्वाचन क्षेत्रहरूमा एफपीटीपी प्रणाली अन्तगर्त चुनाव हुन्छ । गत जनवरी ७ मा भएको निर्वाचनमा उनको दलले २२४ सीट जितेको थियो । बांकी ५० सिट महिलाहरूका लागि आरक्षित गरिएको छ । आरक्षित सिटमा समानुपातिक रूपमा निर्वाचन हुने व्यवस्था छ । त्यहाँको संसदको कार्यकाल पनि ५ वर्षको हुने व्यवस्था छ । शेख हसिना सन् २०००९ देखि लगातार प्रधानमन्त्रीका रुपमा रहेकी थिइन् ।
पछिल्लो निर्वाचनमा जम्मा २८ देखि ४० प्रतिशतमात्र मतदान भएको बताइएको थियो । यो चुनावलाई अमेरिकी सरकारले शुरु देखि नै आलोचना गरेको थियो ।
बाँकी ६२ सिट प्रमुख विपक्षी दल समर्थित बीएनपी समर्थक स्वतन्त्र उमेद्वारले जितेका थिए । बीएनपीले चुनावी एकलौटी हुने भन्दै चुनाव बहिस्कार गरेको थियो । विपक्षी दल बीएनपीको नेतृत्व पूर्व प्रधानमन्त्री खालिदा जियाले गर्दछिन् ।
बंगलादेशमा चुनाव गर्नका लागि प्रधानन्यायधिशको अध्यक्षतामा चुनावी सरकार गठन गर्ने व्यवस्थालाई हसिनाले सन् २०११ मा हटाएकी थिइन् । त्यही कारण सन् २०१४ को चुनाव पनि बीएनपीले बहिस्कार गरेको थियो ।
छिमेकमा शेख हसिना


चौथो प्रधानमन्त्री कार्यकालका क्रमम शेख हसिनाले पहिलो भ्रमण चीन कि भारतको भन्ने  कुरा भारतीय मिडिया चर्चामै रहेकै बेला जून ९ र २१ तारिखमा दुई पटक हसिनाले दिल्लीको भ्रमण गरेकी थिइन् । पहिलो पटक उनी प्रधानमन्त्री नरेन्द्रमोदीको तेस्रोका कार्यकालको सपथ ग्रहण समारोहमा र दोस्रो भ्रमण उनको भारतको राजकीय भ्रमण थियो । भारत भ्रमण लगत्तै हसिनाले जुलाई ८–११ सम्मको चार दिने राजकीय भ्रमण गरेकी थिइन् । हसिनाको चीन भ्रमण असफल भएको भारतीय मिडियाले महत्वका साथ विश्लेषण गरेका थिए । त्यो बेला हसिनाको ५ दिने भ्रमण भनिएको मा ४ दिनमै छोटिएको, हसिनालाई चिनिया विदेशमन्त्री वांग यीले नभेटेको भन्ने समेत चर्चा भएको थियो ।
हसिनाको परिवार


अन्तर्राष्ट्रिय ख्यातिप्राप्त परमाणु वैज्ञानिक डा. एम. ए वाजेद मिया हसिनाक पति हुन् । उनले सन् १९६० को दशकमा बङ्गाली राष्ट्रवादी आन्दोलनमा हसिनाका पति मिया विद्यार्थी नेताको रूपमा स्थापित थिए । मियाको निधन २००९ मे ८ मा भएको थियो । वाजेद मियाले नोभेम्बर १९६७ मा बङ्गबन्धु शेख मुजीबुर रहमानकी छोरी शेख हसिनासँग विवाह गरेका थिए । उनीहरूका एक छोरा र एक छोरी छन्। हसिनाकी छोरी साइमा वाजेद डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको प्रमुखमा २०२४ फ्रेवुअरीमा नियुक्त भएकी छन् । यसको क्षेत्रीय मुख्यालय नयाँ दिल्लीमा रहेको छ । उनका छोरा सजीब अहमद वाजेद सजीब वाजेद जोय समेत भनिने प्रधानमन्त्रीकै सूचना र सञ्चार प्रविधि मामिला सल्लाहकारका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com