ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपूर्वमा ‘घोषित युद्ध’ भड्कने खतरा बढ्यो, हिजबुल्लाहको ड्रोन हमला शुरु 


ABC News

 

काठमाडौं २० साउन । अमेरिका र बेलायतले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो लेबनान छोड्न आह्वान गरे लगत्तै इरान समर्थित मानिने लडाकु समूह हिजबुल्लाहले ड्रोन हमला शुरु गरेको छ । हिजबुल्लाहले इजरायलमा मिसाइल प्रहार गरेको तलअभिभले जनाएको सीएनएनले जनाएको छ । इरान समर्थित लेबनानी मिलिसियाको आक्रमणलाई इजरायलको आइरन डोम रक्षा प्रणालीले रोके पनि मध्यपूर्व क्षेत्रमा पूर्ण स्केनको युद्ध भड्कने बादल मडारिएको भन्दै पश्चिमी विश्वका मिडियाले चिन्ता जाहेर गरेका छन् । बुधबार इरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाहको हत्यापछि इरानले मध्यपूर्वमा द्वन्द्व बढाउने डर बढ्दै गएको भन्दै न्यूयोर्क टाइम्सले विस्तृत विवरण दिएको छ।
वासिङ्टन र जेरुसेलमका अधिकारीहरूले इरान र यसका प्रोक्सीहरूले आइतबारसम्ममा इजरायलमा आक्रमण गर्न सक्ने अनुमान गरेका छन्, एक्सियोस समाचार साइटका अनुसार, गत हप्ता हिजबुल्लाह सैन्य प्रमुख फुआद शुकर र हमास प्रमुख इस्माइल हानियाहको हत्याको बदलामा उनीहरुले त्यस्तो आक्रमणको तयारी गरेको बताएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल माइकल कुरिल्ला इरानी आक्रमणको खतराका लागि रक्षा तयारीसँग मेल खाने योजनाबद्ध यात्रामा हिजो मध्यपूर्व आइपुगेका छन् ।

पेन्टागनले शुक्रबार मध्यपूर्वमा लडाकू जेट स्क्वाड्रनका कैयौं खेप पठाउँदे इजरायल र अमेरिकी सेनाको रक्षा गर्न अमेरिकी सैन्य उपस्थितिलाई बलियो बनाउन यस क्षेत्रमा सैन्य विमान वाहकलाई पनि तैनाथ गरेको छ ।

इजरायल र अमेरिकाले सम्भावित आक्रमणलाई विफल पार्न क्षेत्रीय र अन्तर्राष्ट्रिय गठबन्धनको समन्वय गरिरहेका बताइएको छ ।

उता गाजामा, इजरायलले विस्थापित प्यालेस्टिनीहरूका लागि आश्रयको रूपमा काम गरिरहेको विद्यालयमा बम प्रहार गरेको र कम्तिमा १७ जनाको मृत्यु भएको बताएको छ।गाजामा अहिलेसम्म इजरायली आक्रमण परी ४० हजारभन्दा बढी महिला, बृद्ध र केटाकेटी समेत मारिएका छन् । गाजा क्षेत्र खुला आकाशमुनिको मुद्राघरको रुपमा परिणत भएको भन्दै युएन सहायता एजेन्सीहरुले चिन्ता जनाएका छन् । गाजा क्षेत्रमा भोकमरीका साथै पिउने पानीको समेत अभावमा केटाकेटीहरु मरिरहेका अलजजिराले उल्लेख गरेको छ । त्यस क्षेत्रमा पोलियो रोगसमेत फैलिएको बताइएको छ । गाजामा सवैतिरबाट नाकाबन्दी गरेर इजरायलले जमिन र आकाशबाट बम प्रहार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com