ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपूर्वमा ‘घोषित युद्ध’ भड्कने खतरा बढ्यो, हिजबुल्लाहको ड्रोन हमला शुरु 


ABC News

 

काठमाडौं २० साउन । अमेरिका र बेलायतले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो लेबनान छोड्न आह्वान गरे लगत्तै इरान समर्थित मानिने लडाकु समूह हिजबुल्लाहले ड्रोन हमला शुरु गरेको छ । हिजबुल्लाहले इजरायलमा मिसाइल प्रहार गरेको तलअभिभले जनाएको सीएनएनले जनाएको छ । इरान समर्थित लेबनानी मिलिसियाको आक्रमणलाई इजरायलको आइरन डोम रक्षा प्रणालीले रोके पनि मध्यपूर्व क्षेत्रमा पूर्ण स्केनको युद्ध भड्कने बादल मडारिएको भन्दै पश्चिमी विश्वका मिडियाले चिन्ता जाहेर गरेका छन् । बुधबार इरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाहको हत्यापछि इरानले मध्यपूर्वमा द्वन्द्व बढाउने डर बढ्दै गएको भन्दै न्यूयोर्क टाइम्सले विस्तृत विवरण दिएको छ।
वासिङ्टन र जेरुसेलमका अधिकारीहरूले इरान र यसका प्रोक्सीहरूले आइतबारसम्ममा इजरायलमा आक्रमण गर्न सक्ने अनुमान गरेका छन्, एक्सियोस समाचार साइटका अनुसार, गत हप्ता हिजबुल्लाह सैन्य प्रमुख फुआद शुकर र हमास प्रमुख इस्माइल हानियाहको हत्याको बदलामा उनीहरुले त्यस्तो आक्रमणको तयारी गरेको बताएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल माइकल कुरिल्ला इरानी आक्रमणको खतराका लागि रक्षा तयारीसँग मेल खाने योजनाबद्ध यात्रामा हिजो मध्यपूर्व आइपुगेका छन् ।

पेन्टागनले शुक्रबार मध्यपूर्वमा लडाकू जेट स्क्वाड्रनका कैयौं खेप पठाउँदे इजरायल र अमेरिकी सेनाको रक्षा गर्न अमेरिकी सैन्य उपस्थितिलाई बलियो बनाउन यस क्षेत्रमा सैन्य विमान वाहकलाई पनि तैनाथ गरेको छ ।

इजरायल र अमेरिकाले सम्भावित आक्रमणलाई विफल पार्न क्षेत्रीय र अन्तर्राष्ट्रिय गठबन्धनको समन्वय गरिरहेका बताइएको छ ।

उता गाजामा, इजरायलले विस्थापित प्यालेस्टिनीहरूका लागि आश्रयको रूपमा काम गरिरहेको विद्यालयमा बम प्रहार गरेको र कम्तिमा १७ जनाको मृत्यु भएको बताएको छ।गाजामा अहिलेसम्म इजरायली आक्रमण परी ४० हजारभन्दा बढी महिला, बृद्ध र केटाकेटी समेत मारिएका छन् । गाजा क्षेत्र खुला आकाशमुनिको मुद्राघरको रुपमा परिणत भएको भन्दै युएन सहायता एजेन्सीहरुले चिन्ता जनाएका छन् । गाजा क्षेत्रमा भोकमरीका साथै पिउने पानीको समेत अभावमा केटाकेटीहरु मरिरहेका अलजजिराले उल्लेख गरेको छ । त्यस क्षेत्रमा पोलियो रोगसमेत फैलिएको बताइएको छ । गाजामा सवैतिरबाट नाकाबन्दी गरेर इजरायलले जमिन र आकाशबाट बम प्रहार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com