ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वापले आगामी वैशाखमा महाधिवेशन, स्थानीय छाया सरकारको अभ्यास गर्ने


ABC News

 

 

काठमाडौं १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशालाले पार्टीलाई १५ बुँदे सुझाव दिएको छ। केन्द्रीय समितिलाई दिएको सुझावमा पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा गर्न भनेको छ।

त्यस्तै आगामी असोजमा राष्ट्रिय भेला गर्नुपर्ने निष्कर्षसमेत कार्यशालाबाट निकालिएको छ। दुई दिनसम्म चलेको कार्यशालामा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारी सहभागी थिए।

भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि भन्दै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यशालामा ५० जनाको सहभागिता थियो।

कार्यशालाले स्थानीय छाया सरकारको अभ्यास थाल्नसमेत सुझाव दिएको छ। कार्यशालाबाट तयार पारिएका सुझावबारे केन्द्रीय समितिमा छलफल भएर निर्णय हुनेछ।

कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो।

विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत राष्ट्रिय भेलामा पेस गर्ने, जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने, पार्टीको अर्थ राजनीतिक -जलेश्वर, प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने निष्कर्ष पनि कार्यशालबाट निकालिएको छ।

शासकीय स्वरूपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने, जनआवाज अभियान समिति गठन गरी देशभरिका जनगुनासा तथा मुद्दाहरू संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने उपाय पनि कार्यशालाले सुझाएको छ।

विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकहरूबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको विधान अनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने, पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी आदि कार्यक्रमहरूमा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने सुझाव पनि समेटिएको छ।

पार्टीको आचारसंहिता र मूल्य मान्यतामा आधारित दस्तावेजहरू पुनरवलोकन गरी सदस्यहरूबाट प्राप्त सुझावसमेत प्रशिक्षण सामग्रीमा समावेश गर्ने, पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्सुको अवधारणा लागू गर्ने, देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने कार्यशालाले भनेको छ।

चरणबद्ध रुपमा स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने, आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी नेताहरू सहजीकरणका लागि सहभागी हुने पनि बन्द कार्यकाशालाका सुझावको सूचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com