अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताउनुभएको छ ।
उहाँले भारतबाट हराएका बसु र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले दिनुभएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताउनुभएको हो । उहाँले े नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताउनु भयो ।
उहाँले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताउनु भयो । सभापति यादवले राजदुतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने बताउनु भयो ।
उहाँले नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदुतहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीहरु सह्य नहुने बताउनु भयो । मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि बताउनु भयो ।
राजदुत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको थियो । सो विषयलाई लिएर संसदमा पनि सांसदहरुले आवाज उठाइरहेका छन् । राजदुतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरुको छ ।
प्रतिक्रिया दिनुहोस्