ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडीको चुनौती समाप्त, कसले कस्तो खेले ?


एबीसी न्यूज

काठमाडौं १७ साउन ।   फ्रान्सको पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी ७ मध्ये ६ जना खेलाडीको प्रतिस्पर्धा सकिएको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल र पौडीका एलेक्जेन्डर ९एलेक्स० शाह र डुवाना लामा आआफ्नो इभेन्टमा पहिलो चरणबाटै बाहिरिए ।

एलेक्सले आफ्नो इभेन्टमा राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक पेरिसमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो । बुधबार पेरिस पुगेकी एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले ११ अगष्टमा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । 

अहिलेसम्म नेपाली खेलाडीका लागि ओलम्पिकमा सहभागिता नै उपलब्धि हुँदै आएको छ । ओलम्पिक जस्तो ठूलो मेलामा कम्तीमा एक खेल जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र प्रतिस्पर्धात्मक खेल खेलेर छाप छाड्ने सबै खेलाडीको चाहना हुन्छ । तर नेपाली खेलाडीले त्यो स्तर कायम गर्न सकेका छैनन् । पौडीका एलेक्सबाहेक नेपालका अरु ६ खेलाडीको लागि यो पहिलो सहभागिता हो ।

नेपाल ओलम्पिक कमिटी ९एनओसी० का उपाध्यक्ष तथा निर्देशक चतुरानन्द राजवैद्य नेपाली खेलाडीको प्रदर्शनलाई सन्तोषजनक मान्नुपर्ने बताउँछन् । ‘विपक्षी खेलाडीहरु शीर्ष वरियताका थिए, त्यसैले नेपालका सबैले राम्रै प्रदर्शन दिन प्रयास गरेका हुन्’, उनले भने ।

 

ओलम्पिकमा राम्रो प्रदर्शन गर्न लगानी बढाउनुपर्ने उनले बताए । ‘यहाँ वर्षौं प्रशिक्षण र कडा मिहिनेत गरेर आएका खेलाडीहरु छन् । तर उनीहरुको ओलम्पिककै लागि भनेर तयारी छैन । हाम्रोमा प्रशिक्षण, लगानी र वातावरण त्यो अनुसार छैन’, उनले भने ।

खेल पदाधिकारीहरुको लापरबाहीका कारण ब्याडमिन्टनका खेलाडी प्रिन्स दाहाल प्रशिक्षक बिना नै ओलम्पिकमा सहभागी हुनुपर्‍यो । प्रिन्सका लागि एल साल्भाडोरका प्रशिक्षकसँग सहयोग लिइयो भने जुडो खेलाडी मनिताकी प्रशिक्षक देवु थापा खेलस्थलमा बस्न पाइनन् । यस्ता अनेक समस्याका बाबजुद समग्रमा नेपाली खेलाडीको प्रदर्शन कस्तो रह्यो त रु

स्यान्टु श्रेष्ठ ९टेबलटेनिस०

स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी हुन् । उनीअघि तेक्वान्दोकी संगीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । १६ वर्षपछि छनोट चरण पारेर गरेर ओलम्पिक खेल्ने अवसर स्यान्टुले पाए । काठमाडौंमै भएको ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोटमा पुरुषतर्फ स्वर्ण जित्दै उनले पेरिस ओलम्पिको सहभागिता पक्का गरेका थिए ।

छनोट चरण पार गरेको मेरिटकै आधारमा उनले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोक्ने अवसर पाए । टेबलटेनिसको मेन्स सिंगल्समा सहभागी ६७ खेलाडीमध्ये अन्तिम वरियतामा रहेका स्यान्टु प्रारम्भिक चरणबाटै बाहिरिए ।

 

स्यान्टुको पहिलो खेल सेनेगलका अनुभवी खेलाडी इब्राहिम डियावसँग थियो । उक्त खेल जितेमा राउण्ड अफ ६४ मा प्रवेश गर्ने अवसर थियो । पहिलो गेममा स्यान्टुले ७(३ को अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेनन् । १०(१० अवस्थामा पुगेपछि इब्राहिमले ट्राईब्रेक गर्दै लगातार दुई अंक जोडेर खेल आफ्नो पक्षमा पारे ।

इब्राहिमले दोस्रो गेम ११(३ ले, तेस्रो गेम ११(४ ले र चौथो गेम ११(५ ले आफ्नो पक्षमा पार्दै खेल जिते । पहिलो खेलबाट बाहिरिएपछि स्यान्टुले ओलम्पिकमा सोचे भन्दा फरक अनुभव भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताएका थिए ।

फेसबुकमा स्टाटस लेख्दै उनले ४(० को हार भने अपेक्षा नगरेको बताए ।

प्रिन्स दाहाल ९ब्याडमिन्टन०

ब्याडमिन्टनका प्रिन्स दाहाल वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा छनोट भएका थिए । समूह चरणमा ३ खेल खेल्न पाएका उनी सबै खेलमा पराजित भए पनि धेरै अनुभव लिन पाए । प्रिन्स रहेको समूहमा टोकियो ओलम्पिकका स्वर्ण विजेता तथा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सलसेनसहित अनुभवी खेलाडी थिए ।

पहिलो खेलमै उनको प्रतिस्पर्धा भिक्टरसँग थियो । प्रशिक्षक बिना नै पेरिस पुगेका प्रिन्सको खेलमा एल साल्भाडोरका प्रशिक्षक बसेका थिए । उनी भिक्टरसँग २१(८, २१(६ ले सहजै पराजित भए ।

 

त्यसपछि प्रिन्स दोस्रो खेलमा आयरल्याण्डका एनहात गुएनसँग २१(७, २१(५ तथा अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसँग २१(१२, २१(१० ले पराजित भए । अन्तिम खेलमा एल साल्भाडोरका प्रशिक्षक बिरामी हुँदा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नै प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

पहिलो ओलम्पिकमा धेरै कुरा सिक्न पाएकाले ओलम्पिक सहभागिता आफ्ना लागि महत्वपूर्ण रहेको प्रिन्स बताउँछन् । ‘धेरै भन्दा धेरै प्रतियोगिता खेलेर अर्को ओलम्पिकमा केही गर्न सकिन्छ जस्तो लाग्छ’, उनले भने ।

एलेक्जेन्डर शाह ९पौडी०

पौडीका एलेक्जेन्डर ९एलेक्स० शाहले लगातार दोस्रो पटकको ओलम्पिक सहभागितामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले निर्धारित दूरी ५१।९१ सेकेन्डमा पूरा गरे । उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको वर्ल्ड अक्याटिक च्याम्पियनसिपमा ५२।१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

‘कीर्तिमान सुधार गर्न पाउँदा खुशी छु । यो मेरो लागि पनि राम्रो हो’, एलेक्सले भने, ‘म अझ चाँडै जान चाहन्थे ।’ एलेक्स हिट ३ मा ८ खेलाडीमध्ये तेस्रो भएका थिए । तर कूल ७९ खेलाडी सहभागी यस इभेन्टमा एलेक्स समग्रमा ५९औं स्थानमा रहे ।

 

अमेरिका बस्दै आएका एलेक्सले अमेरिकामै ओलम्पिकको तयारी गरेर पेरिस पुगेका थिए । अब उनी नेपाल नआई अमेरिका फर्किनेछन् । न्यूयोर्कस्थित फोर्डम विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका २१ वर्षीय एलेक्स फुटबल, चित्रकला र फोटोग्राफीमा पनि रुची राख्छन् । चीनको हाङझाओमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी भइसकेका एलेक्ससंग ३ विश्व च्याम्पियनसिप खेलेको अनुभव छ ।

एलेक्सअघि प्रसिद्धजंग शाहले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिक तथा गौरिका सिंहले २०१६ को रियो तथा २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाएका थिए ।

नेपालबाट म्याराथन धावक वैकुण्ठ मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा सहभागिता जनाएका छन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिक लगातार खेलेका थिए ।

सुस्मिता नेपाल ९सुटिङ०

वाइल्ड कार्डमार्फत पहिलो पटक ओलम्पिक खेल्न गएकी सुटिङ खेलाडी सुस्मिता नेपालले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी थिइन् । तर महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी उनी ६०७।८ अंक मात्रै जोडेर क्वालिफिकेसन राउण्डबाटै बाहिरिइन्, र राष्ट्रिय कीर्तिमान पनि बनाउन सकिनन् ।

 

यस इभेन्टमा कूल ४३ खेलाडीले प्रतिस्पर्धा गरेकामा सुस्मिता रिफ्युजी ओलम्पिक टिमकी लुना सोलोमन ९६०१।२ अंक० भन्दा मात्र अघि रहिन् । यस इभेन्टको क्वालिफिकेसन राउण्डमा दक्षिण कोरियाकी बान ह्यो(जिनले ६३४।५ अंक जोड्दै ओलम्पिक रेकर्ड बनाइन् ।

मनिता श्रेष्ठ प्रधान ९जुडो०

एसियन कोटाबाट पहिलो पटक ओलम्पिकमा छानिएकी जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा कम्तीमा एक बाउट जित्ने लक्ष्य राखेकी थिइन् । मनिताकी पहिलो प्रतिस्पर्धी सर्वियाकी मारिका पेरिसिक विश्व नम्बर ९ वरियतामा थिइन् । उनी जम्मा १ मिनेट २ सेकेण्डमै पेरिसिकसँग पराजित भइन् ।

मनिताको प्रशिक्षकको रुपमा देवु थापा पेरिस पुगेकी थिइन् । तर खेल हुँदा भने मनिताको साथमा प्रशिक्षक देवु उपस्थित थिइनन् ।

 

मनिताको गि अर्थात खेल हुँदा लगाउने पोशाक परिवर्तन गर्नुपरेकाले प्रशिक्षकलाई खेल स्थलमा उपस्थित हुन नदिएको खेल पदाधिकारीहरुले अनलाइनखबरलाई जानकारी दिएका छन् । सुरुमा मनिताले खेल हुँदा लगाएको पोशाकमा मनिता र नेपालको नाम पनि लेखिएको थिएन ।

डुवाना लामा ९पौडी०

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन् । राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी उनले २०० मिटर फ्रिस्टाइल २ मिनेट २०।७४ सेकेण्डमा पूरा गर्दै अन्तिम स्थान अर्थात सातौं स्थानमा आइन् र राष्ट्रिय कीर्तिमान पनि बनाउन सकिनन् ।

प्रशिक्षक नयना शाक्यले खराब स्वास्थ्य अवस्थाका कारण डुवानाले राम्रो खेल्न नसकेको बताइन् ।

 

‘तीन दिनअघि हिंड्दाहिंड्दै खुट्टामा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउँदा एंकलमा पुरानै समस्या बल्झिएको देखियो । खुट्टा सुन्निएको थियो’, शाक्यले भनिन्, ‘तीन दिनको उपचार र फिजियाथेरापीपछि खेल्न सक्ने अवस्था भएको हो । त्यसैले उसको समय सोचे अनुसारको आउन सकेन ।’

डुवानाले खेलपछि इन्स्टाग्राममा गरेको पोस्टमा पनि चोटका कारण खेल्ने वा नखेल्ने स्थितिसम्म पुगेको उल्लेख गरेकी छन् । उनले आफूले राम्रो प्रदर्शन गर्न नसकेकामा माफी पनि मागेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com