ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावमा कमला ह्यारिसको प्रभाव नाटकीयरुपले उक्लिंदैः दि इकोनोमिष्ट


एबीसी न्यूज
श्रावण १७, २०८१ बिहीबार   २ : ११   बजे

 

पछिल्लो सर्वेक्षणले कडा प्रतिस्पर्धाको सङ्केत गरेको छ।

जो बाइडेन आधुनिक मतदानको इतिहासमा पुनः चुनाव लड्न खोज्ने सबैभन्दा अलोकप्रिय राष्ट्रपतिहरू मध्ये एक थिए। अप्रिल २०२३ मा, जब उनले दोस्रो कार्यकालको लागि प्रतिस्पर्धा गर्ने आफ्नो उमेद्वारी घोषणा गरे, केही ४१ प्रतिशत अमेरिकीहरूले उनको घोषणालाई अनुमोदन गरेका थिए । एक वर्ष भन्दा बढीसमयपछि, उनको खराब टेलिभिजन बहस प्रदर्शन र उनको आफ्नै पार्टीका उच्च–प्रोफाइल सदस्यहरूबाट उनलाई उमेद्वारी त्याग्नका लागि आह्वान गरेपछि उनको उमेद्वारीको अनुमोदन रेटिंग ३७ प्रतिशतमा झरेको थियो ।

तर बीचको अवधिमा भएको सर्वेक्षणले डेमोक्र्याटिक पार्टीले आफ्नो मानक–वाहकले हावा खाएको देखिए पनि पछिल्लो समय आँधीबेहरीको सामना गरिरहेको देखाएको छ। जब ट्रम्प र बाइडेनको सट्टा एक अज्ञात डेमोक्र्याटिक उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भयो, डेमोक्र्याटहरूले स्पष्ट अग्रता प्राप्त गरेका छन् । यी रहस्यमय डेमोक्र्याट को थिए, जसले पार्टीको आधारलाई उत्तेजित गर्न र मध्यम तष अनिश्चित मतदाताहरूलाई आकर्षित गर्ने काम गर्न सक्थे ? यस्तो देखिन्छ कि यी प्रशनको जबाफ स्पष्ट दृष्टिमा लुकेको हुनसक्छः कमला ह्यारिस, जो बाइडेन अलग भएपछि केही दिनहरूमा सम्भावित उम्मेद्वार बनेकी थिइन्।
यद्यपि मतदान अझै विरलै छ, प्रारम्भिक नतिजाहरूले डेमोक्र्याटिकको आधारलाई आफ्नो नयाँ उम्मेद्वारलाई लिएर धेरै उत्साहित रहेको देखाउँछ। ouGov,  एक सर्वेक्षणकर्ताले पत्ता लगाएको छ – बाइडेनको फिर्ता हुनु अघि ७२ प्रतिशत डेमोक्र्याटहरूले उनीहरू नोभेम्बरमा मतदान गर्न उत्साहित रहेको बताएका थिए । बाइडेनले ड्रप आउट गरेपछि, त्यो सेयर ७९ प्रतिशत पगेको छ । धेरै सर्वेक्षणहरूका अनुसार, ह्यारिसप्रतिको अनुकूलता बाइडेनको तुलनामा धेरै बढी छ, विशेषगरी युवा, कालाजाति वा हिस्रप्यानिक (चार्ट हेर्नुहोस्) मतदाताहरू, जसको समर्थन यसवर्षको शुरुमा कमजोर भइरहेको थियो।

chart: the economist

राष्ट्रिय सर्वेक्षणको औसतमा ह्यारिस अझै पनि ट्रम्पभन्दा पछाडि छिन्, यद्यपि बाइडेनको तुलनामा सानो अन्तरले मात्र(one point versus three points)। बाइडेनले मनोनयनबाट अगलग भएको घोषणा गर्नु भन्दा एक हप्ताअघि गरिएका दश वटा राष्ट्रिय पोलमा ट्रम्पले अग्रता लिएका थिए। त्यसबेलादेखि याा भएको २७ वटा पोलमा, ह्यारिस १२ अंकले अगाडि छिन् र एउटा पोलमा त बराबरीमा छिन्। जबकि तेस्रो पक्षहरूले ट्रम्पलाई भन्दा बाइडेनलाई बढी चोट पुऱ्याएका थिए, ह्यारिसले उमेद्वारीको अभियानको नेतृत्व लिएपछि प्रारम्भिक पोलले संकेत गर्दछ कि यसको विपरीत अब सत्य हुन सक्छ। थ्यगन्यख द्वारा हालसालै गरिएको पोलमा, २०२० मा बाइडेनलाई समर्थन गर्ने ३ प्रशित मतदाताहरूले भनेका छन्– उनीहरूले ह्यारिस वा ट्रम्पको सट्टा तेस्रो पक्षलाई मतदान गर्नेछन्। यो बाइडेनको उमेद्वारी छाड्नुअघि गरिएको उही सर्वेक्षणमा ९ प्रतिशत सँग तुलना गरिएको छ, यसले सुझाव दिएको छ कि केही बाइडेन–संदिग्ध तेस्रो–पार्टी मतदाताहरू डेमोक्र्याटहरूको पक्षमा आउन सक्छन्।

तर दौडमा ह्यारिसको प्रवेशले डेमोक्र्याटिक आधारको मूललाई बलियो बनाउनभन्दा अझ धेरै गरेको छ। उनको अनुकूलता मूल्याङ्कन नरम र वृद्ध मतदाताहरूमा पनि बाइडेनको भन्दा सुधार हो। नोभेम्बरमा आफूले कसलाई मतदान गर्ने भनेर निश्चित नभएको वा आफ्नो मन परिवर्तन गर्न खुला रहेको भन्ने कुरामा ट्रम्पको नेट फेवरबिलिटी माइनस ३८ रहेको छ, जबकि बाइडेनको माइनस ३० र ह्यारिसको माइनस १३ रहेको छ। पूर्ववर्ती सम्भावित डेमोक्र्याटिक उम्मेद्वारको स्वतन्त्र उम्मेदवारहरूसँगको नेट अनुकूलतामा ह्यारिसले १७ अङ्कले सुधार गरेकी छन्।
बाइडेनका लागि खराब मतदानलाई उद्धृत गर्दै, ट्रम्प अभियानले २०२० मा बाइडेनले ठूलो अन्तरले जितेका राज्यहरू, जस्तै मिनेसोटा र भर्जिनिया, पूर्व राष्ट्रपतिको कव्जामा रहेको कुरामा जोड दिएको छ। तर हालैको राज्य सर्वेक्षणले ह्यारिसले मुख्य स्विंग राज्यहरूमा हुने प्रतिस्पर्धालाई सांघुरो पारेको छ भन्ने देखाउँछ। हालसालै मिनेसोटामा तीन र न्यू ह्याम्पशायरमा भएका दुई सर्वेक्षणको औसतले उनलाई दुवै राज्यमा लगभग ५ अङ्कले अगाडि देखाएको छ, २०२० मा बाइडेनको जितको मार्जिन भन्दा थोरै र उनको फिर्ती अघि गरिएको पोल भन्दा धेरै अगाडि हो यो अवस्था ।
यसैबीच, उनले इलेक्टोरल कलेजमा महत्त्वपूर्ण हुने सम्भावना भएका राज्यहरूमा ट्रम्पसँगको अन्तरलाई रोकिदिएकी छन्। ५ वटा पोलमा, उनी मिचिगनमा ट्रम्पसँग बराबरीमा थिइन् र पेन्सिलभेनियामा उनलाई एक बिन्दुले पछाडि पारेको थियो, जहाँ बाइडेन दुई अङ्क र चार अङ्कले पछाडि थिए । जब बाइडेनले दौड छाडेपछि यो अवस्था देखिएको फाइभ थर्टी एइट, नामक वेबसाइटले उल्लेख गरको छ ।
यी मध्ये कुनैले पनि ह्यारिस राष्ट्रपति पद जित्न असुविधामा छन् भन्ने देखाउँदैन। राष्ट्रव्यापी रूपमा, चुनाव धेरै नजिक छ। ट्रम्पलाई पराजित गर्न, उनले एउटा ठुलो इलेक्टोरल कलेजको असुविधालाई पार गर्नुपर्छ। उनका प्रतिद्वन्द्वीले उनको आक्रमणलाई बढावा दिएका कारण मतदाताहरूको प्रारम्भिक स्वीकृति उनीप्रति खुम्चिएको हुन सक्छ। अझै पनि, ह्यारिसले डेमोक्र्याटिक आधारलाई पुनर्जीवित गर्दै मेसर्स ट्रम्प र बाइडेन बीचको पुनः प्रतिस्पर्धाका केही विशेषताहरू भन्दा माथि उठाउन सफल भएकी छिन्। उनले प्रतियोगितालाई फेरि परिचित युद्धभूमिहरूमा सारिसकेकी छिन्। अहिले, उनलाई चुनाव जित्नका लागि १०० दिनभन्दा कम समय छ। ■

:दि इकोनोमिष्टबाट भावानुवाद ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group