ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने चिन्ता


एबीसी न्यूज

काठमाडौं १७ साउन । इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव झन् बढ्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेका बेला इरानमा हमासका शीर्ष कमाण्डर स्माइल हानिया र लेबनानमा हिज्बुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रमाथि हमला भएको थियो । मिडिया रिपोर्टका अनुसार ती दुबै शीर्ष कमाण्डहरुको मृत्यु भइसकेको छ ।

 

हमास, हिजबुल्लाह र उनीहरुलाई साथ दिँदै आएको इरानले यो आक्रमणको जवाफ दिने घोषणा गरिसकेका छन् । त्यसैले मध्यपूर्वमा तनाव बढ्ने भन्दै चिन्ता व्यक्त भएको हो ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजेरिकले बुधबार न्यूयोर्क मुख्यालयमा नियमित पत्रकार सम्मेलनमा मध्यपूर्वमा तनावको अवस्था खतरनाक हुन सक्ने बताएका छन् ।

 

गाजा क्षेत्रमा युद्धविराम गर्ने, इजरायली बन्धकहरुलाई रिहा गराउने, गाजा क्षेत्रमा प्यालेस्टिनी जनतालाई मानवीय सहायता बढाउने शान्ति बहाल गराउने प्रयास भइरहेका बेला ती लक्ष्य प्राप्तिलाई थप कमजोर बनाउने प्रयास भइरहेको प्रवक्ता दुजरिकको भनाइ छ ।

इजरायलले गत मंगलबार लेबनानको राजधानी बेरुतको एक घना बस्ती भएको क्षेत्रमा हमला गरेको थियो । सो हमला हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रप्रति लक्षित थियो । यसैगरी बुधबार बिहान इरानको राजधानी तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियामाथि आक्रमण भएको थियो ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता दुजरिकका अनुसार महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् । तर स्थिति अत्यन्त संवेदनशील रहेकाले केवल संयमता मात्रै पर्याप्त छैन । उनका अनुसार महासचिव गुटेरेसले मध्यपूर्वमा दीर्घकालीन शान्ति र स्थीरताका लागि तनाव अन्त्यका लागि काम गर्न आह्वान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com