ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लालबाबु पण्डितले कुन मन्त्रालयको जिम्मेवारी पाउदै छन् ?


एबीसी न्यूज

 

काठमाडौं, १६ फागुन । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रशंसा बटुलेका लालबाबु पण्डितले अब कुन मन्त्रालयको जिम्मेवारी समाल्ने सवै
तिर चर्चाको विषय बनेको छ । सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा कायम गरेसँगै मन्त्री पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको स्रोतले जनाएको हो ।

जनसंख्या तथा वातावरण मन्त्रालय अरु मन्त्रालयमा गाभिएपछि मन्त्री पण्डितलाई आफ्नो मन्त्रालय कुन हो भन्न गा¥हो भएको छ । तैपनि उहाँले आफू जनसंख्या तथा वातावरण मन्त्रालयमै बसेर काम गरिरहेको जानकारी दिनुभयो । अब उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा भैरहेको भए पनि मन्त्री पण्डितले भने आफूले अब कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागि नसकेको बताउनुभयो ।

वातावरण मन्त्रालयलाई वनसँग गाभिएर वन तथा वातावरण मन्त्रालय बनाइएको छ । जुन माओवादी केन्द्रको भागमा परेको छ । जनसंख्या मन्त्रालयलाई स् वास् थ्य मन्त्रालयसँग गाभेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । यो एमालेको भागमा परेको छ । पद बहाली हुँदा जिम्मेवारी पाएको मन्त्रालय दुईतिर भएर अलमल भए पनि मन्त्री पण्डितले चर्चा बटुल्नेगरी काम गरिरहनुभएको छ ।

विगतमा सामान्य प्रशासन मन्त्री हुँदा पनि निकै चर्चा कमाएका पण्डितले अहिले पनि त्यही ढाँचामा कामलाई निरन्तरता दिनु भएको छ । वातावरणीय प्रभाव मूल्याङकन नगरी सञ्चालित तारे होटल र रिसोर्टमाथि कारबाही थालेपछि मन्त्री पण्डितको सबैले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com