ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लालबाबु पण्डितले कुन मन्त्रालयको जिम्मेवारी पाउदै छन् ?


एबीसी न्यूज
फाल्गुन १६, २०७४ बुधबार   १२ : ४४   बजे

 

काठमाडौं, १६ फागुन । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रशंसा बटुलेका लालबाबु पण्डितले अब कुन मन्त्रालयको जिम्मेवारी समाल्ने सवै
तिर चर्चाको विषय बनेको छ । सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा कायम गरेसँगै मन्त्री पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको स्रोतले जनाएको हो ।

जनसंख्या तथा वातावरण मन्त्रालय अरु मन्त्रालयमा गाभिएपछि मन्त्री पण्डितलाई आफ्नो मन्त्रालय कुन हो भन्न गा¥हो भएको छ । तैपनि उहाँले आफू जनसंख्या तथा वातावरण मन्त्रालयमै बसेर काम गरिरहेको जानकारी दिनुभयो । अब उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा भैरहेको भए पनि मन्त्री पण्डितले भने आफूले अब कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागि नसकेको बताउनुभयो ।

वातावरण मन्त्रालयलाई वनसँग गाभिएर वन तथा वातावरण मन्त्रालय बनाइएको छ । जुन माओवादी केन्द्रको भागमा परेको छ । जनसंख्या मन्त्रालयलाई स् वास् थ्य मन्त्रालयसँग गाभेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । यो एमालेको भागमा परेको छ । पद बहाली हुँदा जिम्मेवारी पाएको मन्त्रालय दुईतिर भएर अलमल भए पनि मन्त्री पण्डितले चर्चा बटुल्नेगरी काम गरिरहनुभएको छ ।

विगतमा सामान्य प्रशासन मन्त्री हुँदा पनि निकै चर्चा कमाएका पण्डितले अहिले पनि त्यही ढाँचामा कामलाई निरन्तरता दिनु भएको छ । वातावरणीय प्रभाव मूल्याङकन नगरी सञ्चालित तारे होटल र रिसोर्टमाथि कारबाही थालेपछि मन्त्री पण्डितको सबैले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group