काठमाडौं १५ साउन । न्याय परिषद्को बैठक सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतमा रामशाहपथस्थित न्याय परिषद् सचिवालयमा बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ।
आजको बैठकले जिल्ला र उच्च अदालतका करिब तीन दर्जन न्यायाधीशको सरुवा गर्ने तयारी रहेको परिषद् स्रोतले जानकारी दिएको छ।
‘अवधि पुगेका न्यायाधीशहरूको सरुवा होला,’ न्याय परिषद्का एक सदस्यले भने, ‘जिल्लाका १०–१२ जना र उच्च अदालतका २०–२५ जनाको सूची तय भएको छ।’
न्यायाधीश नियुक्तिका विषयमा पनि छलफल हुन सक्ने ती सदस्यले बताए।
सर्वोच्च अदालतमा ४ न्यायाधीश पद खाली छन्। त्यस्तै जिल्ला र उच्च अदालतमा पनि करिब ४५ पद रिक्त छन्।
प्रतिक्रिया दिनुहोस्