ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्र स्थायित्वका लागि एमाले–काँग्रेस सहकार्य: महासचिव पोखरेल


एबीसी न्यूज

काठमाडौं १५ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसबिच सहकार्य भएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि लोकतन्त्रको स्थायित्व, विकास र समृद्धिका लागि एमाले र काँग्रेस मिल्नुपरेको बताउनुभएको हो । राजनीतिक अस्थिरताका कारण लोकतन्त्र खतरामा, जनतामा चरम निराशासँगै आर्थिक मन्दी बढेकाले त्यसलाई हटाउनका लागि देशका प्रमुख दलहरू मिल्नुपरेको भन्दै महासचिव पोखरेलले भन्नुभयो,‘राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो, जनतामा चरम निराशा पैदा गर्ने काम गरेपछि त्यसको अन्त्यका लागि एमाले–काँग्रेस जुट्नुपरेको हो ।’

त्यससँगै काँग्रेस र एमालेले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि संविधान संशोधन गर्न आवश्यक गर्न महसुस गरेको र त्यसका लागि एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको महासचिव पोखरेलले बताउनुभएको थियो । महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभएको हो ।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठुला राजनीति दल एक ठाउँमा आउनुपरेको महासचिव पोखरेलले बताउनुभएको थियो ।

उनले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनीतिक दलहरूको बिचमा सहकार्य भएको भन्दै महासचिव पोखरेलले भन्नुभयो, ‘संवैधानिक संरचनालाई बलियो बनाउने गरी दलहरूको बिचमा सहकार्य भएको हो। पाँच वर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छौँ ।’

त्यसै गरी महासचिव शङ्कर पोखरेलले वामपन्थीहरूका बिचमा एकताको कथा असफल भइसकेको भन्दै अब फेरि पुरानै बाटोबाट अघि बढ्न नसकिने बताउनुभएको छ । कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने भन्दै महासचिव पोखरेलले बरु कम्युनिस्ट बिचारको एकता आवश्यक रहेको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो,‘नेताको टाउको जोडेर गरिने एकता दिगो हुँदैन,त्यो हामीले व्यहोरि सक्यौं । अब कार्यकर्ताको मन जोडेर राजनीतिक ध्रुवीकरण जरुरी छ ।’ उहाँले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू काँग्रेसतर्फ ध्रुवीकरण हुन आवश्यक रहेको भन्दै नेपालमा धेरै पार्टीको आवश्यकता नरहेको बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com