ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएलामा तेस्रो पटक राष्ट्रपतिमा पुनः मादुरो विजयी , अमेरिकाको आशंका क्युवाको बधाई


एबीसी न्यूज
श्रावण १४, २०८१ सोमबार  १२ : ४३ बजे

 

 

काठमाडौं १४ साउन । राष्ट्रपति निकोलस मादुरोले भेनेजुएलाको राष्ट्रपतिय चुनाव पुनः जितेका छन्।
राष्ट्रिय निर्वाचन परिषद् (सिएनई) का प्रमुख एल्विस एमोरोसोनले भने कि ८० प्रतिशत मत गणना हुँदा राष्ट्रपति मादुरोले ५१.१ प्रतिशत पाएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनका मुख्य प्रतिद्वन्द्वी एडमन्डो गोन्जालेजले ले जम्मा ४४. ०२ प्रतिशत मत पाएका छन् ।
भेनेजुएलाका विपक्षीहरूले सिएनईको घोषणालाई कपटपूर्ण भन्दै अस्वीकार गर्दै र परिणामलाई चुनौती दिने बताएका छन् ।
विपक्षी गठबन्धनले आफ्ना उम्मेद्वार ७० प्रतिशत मत प्राप्त गरेको भन्दै गोन्जालेज नै वास्तविक राष्ट्रपति–निर्वाचित भएको दाबी गरेको छ।
रोयटर्सा अनुसार भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना मचाडो र विपक्षी राष्ट्रपति पदका उम्मेद्वार एडमन्डो गोन्जालेजले जुलाई २९ मा भेनेजुएलाको काराकासमा भएको राष्ट्रपतीय निर्वाचनमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले तेस्रो कार्यकाल जितेको घोषणा गरेपछि पत्रकार सम्मेलन गर्दै विरोध गरेका हुन् । मादुरोले भने काराकासमा समर्थकहरूलाई उत्साहित गर्न परिणामलाई ‘शान्ति र स्थिरताको विजय’ भएको संक्षिप्त भाषण गरेका छन् ।

विपक्षीले आफूले प्राप्त गरेको मत गणना, साथै एक्जिट पोल र द्रुत गणनाले गोन्जालेजको अग्रता देखाएको बताबएका छ ।
विपक्षी दलहरू ११ वर्ष लोमा राष्ट्रपति मादुरोको शासनलाई सत्ताच्युत गर्न गोन्जालेजले अघि सारेर गठबन्धन गरेका थिए ।
चुनावअघि गरिएको जनमत सर्वेक्षणले गोन्जालेजले राष्ट्रपतिलाई पूर्ण रूपमा हराउने अनुमान गरेको थियो।सरकारप्रति झुकाव रहेको निर्वाचन परिषद्ले नतिजा घोषणा गरेपछि मादुरोको विजयप्रति शङ्का व्यक्त गर्नेहरूमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि छन् ।
अमेरिकालाई ‘घोषित परिणामले भेनेजुएलाका जनताको इच्छा वा मतलाई प्रतिबिम्बित गर्दैन भन्ने गम्भीर चिन्ता छ’ ब्लिन्केनले भनेका छन् ।
चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले पनि परिणाम ‘विश्वास गर्न गाह्रो’ भएको प्रतिक्रिया जनाएको बीबीसीले जनाएको छ ।

क्युबाका राष्ट्रपतिले ‘भेनेजुएलाका जनताको गरिमा र बहादुरीले दबाब र हेरफेरमाथि विजय हासिल गरेको’ भन्दै मादुरोलाई बधाई दिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com