ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुबई प्रहरीद्वारा श्रीदेवीको मृत्युको केस बन्द, शव भारत ल्याउने तयारी


admin

काठमाडौँ, १५ फागुन । दुबई प्रहरीले बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनको परिवारलाई हस्तान्तरण गर्दै उनको मृत्युको केस बन्द गरेको छ।

प्रहरीका अनुसार गत शनिवार चवन्न वर्षीया श्रीदेवीको मृत्यु अचेत भएपछि दुर्घटनावश डुबेरु भएको थियो।

उनलाई दुबईस्थित आफू बसेको एउटा होटलको बाथटबमा भेटिएको थियो।

यसअघि उनको मृत्युको कारण (कार्डिएक अरेस्टु अर्थात् ) मुटुको चाल बन्द हुनुु भएको बताइएको थियो।

सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उनको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ।

अन्त्येष्टिपूर्व उनलाई श्रद्धाञ्जलि दिन मानिसहरू श्रीदेवीको मुम्बईस्थित घरबाहिर भेला भएका छन्।
आफन्तको वैवाहिक कार्यक्रममा भाग लिन उनी सपरिवार दुबई गएकी थिइन्।

शवपरीक्षणको विवरण नआउँदासम्म दुबई प्रहरीले श्रीदेवीको शव राखेको थियो।

अभियोजनकर्ताहरूका अनुसार उनको मृत्युको परिस्थितिसँग सम्बन्धित विस्तृत अनुसन्धान सम्पन्न भएको छ।
तर शवपरीक्षणको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।

त्यसले प्रारम्भिक विवरणमा भनिएको कार्डिएक अरेस्ट र पछि भनिएको दुर्घटनावश डुबेर मृत्यु भएकोमा केही सम्बन्ध भए त्यसलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

श्रीदेवीले पाँच दशको अवधिमा झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्।

कुनै अभिनेताको सहयोगविनै चलचित्रलाई सफल बनाउने क्षमता भएकी अभिनेत्रीका रूपमा उनलाई लिइन्थ्यो।

सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com