काठमाडौं २ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विद्युत् प्राधिकरणले विना प्रमाण उद्योगीसँग विद्युत् महशुलको बक्यौता उठाउन बाध्य पार्न नसक्ने बताएका छन्।
उद्योग वाणिज्य महासंघसँग बुधबार छलफल गर्दै मन्त्री पौडेलले प्राधिकरणले बिल देखाउनुपर्ने बताएका हुन्। यदि त्यसो गर्न सक्दैन भने गैरकानुनी बक्यौता तिर्न व्यवसायी बाध्य नहुने अर्थमन्त्री पौडेलको भनाइ छ।
उनले यसकै लागि व्यवसायी फेरि डेलिगेसन आउनु नपर्ने पनि बताए। उद्योगीहरुलाई उनले डेडिकेटेड ट्रक लाइनको विषयले डर त्रासले बस्नु नपर्ने आश्वासन दिए।
‘यहाँहरूले बिल माग्नु हुन्छ। बिल दिन सक्दैन भने गैरकानुनी डर मान्नुपर्दैन’, मन्त्री पौडेलले भने।
व्यवसायीहरूले निजी क्षेत्रका समस्या समाधान गर्न संयन्त्र बनाउन आग्रह गरेका थिए। त्यसको जवाफ दिँदै उनले संयन्त्र बनाउने वा नबनाउने भन्ने ठूला विषय नभएको बताए।
नियमित छलफलबाटै समस्या समाधान गर्न सकिने मन्त्री पौडेलको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्