काठमाडौं ३१ असार । उपप्रधान तथा अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई चौथो कार्यकालका लागि अर्थ मन्त्रालय सम्हाल्ने जिम्मेवारी दिएका हुन्।
उनले आजै शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा उपप्रधान एवं अर्थमन्त्रीको शपथग्रहण गरेका छन्।
नेकपा एमाले र नेपाली कांग्रेसको नयाँ गठबन्धनसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको हो।
नयाँ सरकारमा प्रधानमन्त्रीसहित २२ सदस्यीय नयाँ मन्त्रीमण्डल बनेको छ।








प्रतिक्रिया दिनुहोस्