ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा बेपत्ता २ बसको खोजी तेस्रो दिन पनि जारी, अझै ४८ जना भेट्न बाँकी


एबीसी न्यूज

काठमाडौं ३० असार । यही असार २८ गतेदेखि नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम जारी छ।

दुर्घटना भएको दिनदेखि दैनिक खोजी भइरहेको भए पनि यात्रुसहित नदीमा हराइरहेका ती २ बस अझै फेला पर्न सकेका छैनन्।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा खसेका हुन्।

 

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ।

तीमध्ये शनिबार तीनवटा शव फेला परेका छन्। खोजीका क्रममा शनिबार दुर्घटनास्थल सिमलतालभन्दा ५० किलोमिटर तल गोलाघाटस्थित नारायणी नदी किनारमा एउटा शव र नवलपरासीको गैँडाकोटस्थित नारायणीकै किनारमा दुइटा शव भेटिएका हुन्।

प्रहरीका अनुसार मृतकहरू चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ।

बाँकी यात्रु तथा बसको खोजी आज तेस्रो दिन पनि जारी राखिएको छ। शनिबारदेखि पानीभित्रका वस्तु पनि देख्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्स्पेक्सन सिस्टम आदिको समेत प्रयोग भइरहेको छ। खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संलग्न छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले आज सशस्त्र प्रहरी बल नेपालका तर्फबाट ९० जना परिचालन गरिएको जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय ९कुरिनटार० बाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी गर्ने उनले बताए।

त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल तथा भरतपुर महानगरपालिका–१६स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी गर्नेछ।

त्यसैगरी नम्बर १७ गण चितवनबाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ४५ जना घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीमा खटिनेछन्।

निरन्तर वर्षाका कारण नदीमा धमिलो पानी आउँदा सोनार क्यामरा र अन्य डिभाइसले समेत बेपत्ताहरूको खोजी असहज भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com