काठमाडौं २८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले ‘राष्ट्रिय’ शब्दको मानमर्दन गरेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले एमाले कांग्रेसबीच भएको समझदारी ‘राष्ट्रिय’ नभएको ठोकुवा गरे।
‘कुनै एउटा व्यापारीको घरमा, आजसम्म देशलाई, जनतालाई आफ्नो दलको कुनै एउटा नेतालाई थाहा नदिइ गरिएको सहमतिलाई राष्ट्रिय भन्ने लेपन लगाउँदा मानमर्दन भएको छ। राष्ट्रिय र राष्ट्रियता शब्दको मानमर्दन भएको छ,’ लामिछानेले भने।
साथै, उनले यसलाई सहमति भन्न सकिए पनि राष्ट्रिय सहमति भन्न नसकिने बताए।
‘यो सहमति हुनसक्ला तर राष्ट्रिय सहमति होइन। हामीलाई आशंका छ, एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयोरु जब अनुसन्धानको सुरु कसैको ढोकामा ढकढक्याउन पुग्यो त्यतिबेला संविधानको याद आयोरु,’ लामिछानेको प्रश्न छ।








प्रतिक्रिया दिनुहोस्