ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेचन झाहरूको गिरफ्तारीपछि कांग्रेस–एमालेको सहकार्य भयो: हितराज पाण्डे


एबीसी न्यूज

काठमाडौं २८ असार । नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले भूटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको पक्षमा बोल्दै उनले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि काँग्रेस–एमालेले नयाँ समीकरण बनाएको आरोप लगाएका हुन्।

प्रमुख सचेतक पाण्डेले ललिता निवास, सुन तस्करी, भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु पक्राउ पर्न थालेपछि कांग्रेस एमालेले आफ्नाहरूलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएको जिकिर गरे।

 

प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा, जनताको पक्षमा काम गरेको दाबी समेत उनले बताए।

‘खासगरी सरकारले सुरु देखिनै सुशासन, समृद्धि र सामाजिक न्यायको लागि आफ्नो योजना प्रश्तुत गर्‍यो। जतिखेर पनि यो सदनमा राख्ने काम गर्‍यो। सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा नयाँ अभ्यास पनि अघि बढाउनु भयो हरेक महिनाको पहिलो हप्ता सांसदहरुको प्रश्नको जवाफ दिने। वा सरकारले गरेको कामहरू हुन्,’ उनले भने, ‘फेरी पनि अहिलेको यो अवस्था किन आयोरु यसको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले यसका बारेमा विस्तृत कुरा राखिसक्नु भएको छ।

फेरि पनि मलाई के लाग्छ भने जब भूटानी शरणार्थीको कुरा होस, अथवा ललिता निवासको कुरा होस्। सुन तस्करीको कुरा होस्। खासगरी सुशासनसँग सम्बन्धित कुरा सरकारले दृढताका साथ अगाडि बढाउन थाल्यो। बेचेन झाहरूको जब गिरफ्तारी हुन थाल्यो। त्यसपछि वास्तवमा यो प्रक्रिया अघि बढ्न थाल्यो भन्ने मलाई लाग्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com